• होमपेज
  • अब पीसीआर परीक्षणको मूल्य २ हजारमात्रै
Breaking News

अब पीसीआर परीक्षणको मूल्य २ हजारमात्रै

सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अब सरकारी तथा नीजी प्रयोगशालाले पीसीआर परीक्षण वापत अधिकतम दुई हजार रुपैयाँमात्रै लिन पाइने जानकारी दिए।

विज्ञापन

सरकारले सुरुमा पीसीआर शुल्क ५५ सय तोकेको थियो। उक्त शुल्कलाई परिमार्जन गर्दै यही भाद्र दोस्रो साता ४४ सयमा झारेको थियो।

आइतबारबाट उक्त शुल्कमा २४ सय घटाएर सरकारले अधिकतम मुल्य २ हजार तोकेको हो।

‘कोभिड-१९ को पिसीआर परिक्षण शुल्क सबै प्रयोगशालाहरुका लागि सबै शुल्क सहित अधिकतम दुई हजार तोकिएको छ,’ प्रवक्ता गौतमले भने।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook