• होमपेज
  • राष्ट्रिय झण्डा जलाउने आठ जना परे प्रहरीको फन्दामा
कुश्मा नगरपालिका

राष्ट्रिय झण्डा जलाउने आठ जना परे प्रहरीको फन्दामा

काठमाडौँ । राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ परेका छन् ।

युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संलग्न रहेका आठ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हो। झण्डा जलाउने कार्यमा संलग्न आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनाएको छ ।

विज्ञापन

गीत सार्वजनिक गरेपछि काठमाडौँको स्वयम्भूमा लुकेर बसेको अवस्थामा प्रहरीले छ जनालाई सिआइबीको टोलीले पक्राउ गरेको हो । गीतको परिकल्पनाकार मकवानपुरको वागमती गाउँपालिका वडा नं ३ का ग्याल्जेन शेर्पासहित आठ जनालाई पक्राउ गरेको सिआइबी स्रोतले बतायो ।

पक्राउ परेका अरुको नाम र ठेगाना अझै सार्वजनिक गरिएको छैन । पक्राउ परेका अधिकाँश काभ्रेपलाञ्चोक जिल्लाका रहेको प्रहरी स्रोतले बतायो । सिआइबीले केही समयमै पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर पठाउने तयारी गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook