• होमपेज
  • काठमाडौं उपत्यकामा निषेधाज्ञा, के-केलाई छुट, के-केमा निषेध ?
Breaking News

काठमाडौं उपत्यकामा निषेधाज्ञा, के-केलाई छुट, के-केमा निषेध ?

काठमाडौं । आज राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी हुने भएको छ ।

निषेधाज्ञा जारीसँगै हिडडुल गर्न पनि नपाइने भएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको हो । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा छुट पाउने वस्तु तथा सेवाको सूची सार्वजनिक गरेको छ ।

विज्ञापन

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल पाण्डेका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै बीउबिजन, मासुजन्य पदार्थ, दाना र भेटरीनरी, बैंक, बिमा, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन आदि सेवा पनि सञ्चालन हुने प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै, एम्बुलेन्स,शव वाहन, दमकल, कूटनीतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति चढेको सवारी साधन निषेधाज्ञामा सञ्चालन हुन पाउँछन् । विवाहमा ७ जना मात्र जन्ती जान पाउने प्रावधान राखिएको छ ।

यसबाहेक कोभिड १९ को क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापनसम्बन्धी काममा रहेकाहरुको सवारी साधनलाई फोटोसहितको परिचय पत्र र कार्य प्रयोजन खुल्ने सामग्री देखाएमा छुट दिइने पाण्डेले जानकारी दिए ।

निषेधाज्ञामा कुन क्षेत्रमा प्रतिबन्ध

१.अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन निषेध
२.अत्यावश्यक सेवाबाहेक सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन निषेध
३.अत्यावश्यक सेवाबोहक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश निषेध
४.काठमाडौं उपत्यकाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन निषेध
५.नियमित अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने कार्यालय र कर्मचारीको परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न पाउने
६.मेला महोत्सव, जात्रा सञ्चालन गर्न, भीडभाड गर्न, सभा जुलुस गर्न निषेध
७.फुटपाथ वा खुल्ला ठाउँमा ठेलागाडा वा साइकल सञ्चालन गरी व्यवसाय सञ्चालन गर्न तथा कवाडी संकलन गर्न निषेध
८.होटल, रेष्टुँरा सञ्चालन निषेध
९.शैक्षिक संस्था, खेलकुद सञ्चालन निषेध

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook