• होमपेज
  • माधव-प्रचण्डको अडानले नेकपा फूटबाट बच्यो
Breaking News

माधव-प्रचण्डको अडानले नेकपा फूटबाट बच्यो

यी हुन् नेकपा विवाद समाधानका विकल्प

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली लचिलो भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा फुटबाट जोगिएको छ।

नेकपाको चर्को विवादमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालको जित भएको छ। बल्झिँदो विवादमा ओली पछि हट्न बाध्य भए। आफूबाट कमजोरी भएको महसुस गरे। जुन सार्वजनिक रुपमा भनि पनि सकेका छन्। जसका कारण सहमति सम्भव भयो।

विज्ञापन

राजनीतिक विश्लेषकहरुले पार्टी एकता जोगाउन ओली एक कदम पछि हटेपछि तत्कालका लागि फुटको सम्भावना सकिएको बताएका छन्। राजनीतिक विश्लेषक पुरन्जन आचार्यले पार्टीमा तीन ठूला गुटहरुलाई समान हैसियत प्रदान गर्न ओली सहमत भएपछि विभाजनको खतरा टरेको बताए। हिजोका दिनमा दुई अध्यक्ष मिलेर किनारामा पारिएको माधव नेपाल समूहलाई समेत आफू समानको हैसियत दिन ओली तयार भएपछि तत्कालका लागि पार्टी विभाजनका खतरा टरेको उनको भनाई छ।

पार्टीमा देखिएको विवाद समाधानका लागि गठित कार्यदलमा तीनवटै गुटबाट दुई दुई जना नेता अटाइएको विषय विवाद समाधानको पहिलो र महत्वपूर्ण कडि ठहरिने उनले बताए। ओलीको यो निर्णय प्रचण्ड-नेपाल समूहसँग झुकेको प्रमाण भएको उनको तर्क छ । पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा तीनवटै गुटबाट दुई/दुई जना नेताहरुलाई राखिएको छ। केपी ओली समूहबाट महासचिव पौडेलसहित नेता शंकर पोखरेल कार्यदलमा छन् भने प्रचण्ड समूहबाट नेताहरु जनादर्न शर्मा र पम्फा भुषाल अटाएका छन्।

माधव नेपाल समूहबाट नेता भीम रावल र सुरेन्द्र पाण्डे उक्त कार्यदलमा अटाएका छन्। दुई अध्यक्षले गठन गरेको यो कार्यदलका संयोजक विष्णु पौडेलले पार्टीमा देखिएको बिग्रह समाप्त भएको घोषणा गरे। उनले कतिपय मानिसहरुले बिग्रहको सपना देखे पनि आजैबाट त्यो सम्भावना सकिएको दाबी गर्दै पार्टी एकता अक्षुर्ण्ि रहने दाबी गरेका छन्। गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँच दिनभित्रै नेकपाको विवाद समाधान हुन घोषणा गरेका थिए। नेकपामा पछिल्लो समय केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड नेपाल समूहको अडान थियो भने ओली नछोड्ने अडानमा। जसले विभाजनको खतरा बढाएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook