• होमपेज
  • खुमलटारमा नेताहरूको जमघटपछि नेकपा बैठक अनिश्चितकालका लागि स्थगित
Breaking News

खुमलटारमा नेताहरूको जमघटपछि नेकपा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पटक–पटक सारेर मंगलबार ११ बजेका लागि तय भएको बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार स्रर्य थापाले जानकारी दिएका छन् ।

असार १० गते सुरु भएको नेकपा स्थायी समितिको बैठक १८ गतेपछि पुन सुचारु नहुँदै अनिश्चित समयका लागि स्थगित भएको हो । २० गतेका लागि तोकिएको बैठक त्यसपछि २२ गते, २४ गते, २६ गते हुँदै साउन २ गतेका लागि सारिएको थियो । त्यसपछि साउन ४ हुँदै ६ गतेका लागि सारिएकोमा ६ गते बिहानको ११ बजेको बैठक सारेर १ बजेका लागि तोकिएको थियो । ६ गते एकैछिन बसेर बाढी र

विज्ञापन

पहिरोमा परेकाको राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै स्थगित १३ गतेसम्मका लागि स्थगित भएको थियो ।

मंगलबारको बैठकअघि बिहान ९ बजे ओली र प्रचण्डले भेटवार्ता गर्ने बताइएको थियो । त्यसअघि छलफल गर्न भन्दै बिहानै प्रचण्ड निवास खुमलटारमा नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छलफलमा जुटेका थिए ।  सो छलफलपछि ओलीसँग टेलिफोनमा कुराकानी गरेपछि बैठक रोकिएको खुमलटार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार अहिले ओलीलाई भेट्न प्रचण्ड बालुवाटार जाँदै छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook