• होमपेज
  • वीरगन्जमा २ चिकित्सकसहित १५ जनामा कोरोना संक्रमण पुष्टि
Breaking News

वीरगन्जमा २ चिकित्सकसहित १५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार राती वीरगन्जका २ चिकित्सकसहित १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

संक्रमण पुष्टि भएका दुवै चिकित्सक नारायणी अस्पतालमा कार्यरत छन् । नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय एक पुरुष कर्मचारीमा पनि संक्रमण भेटिएको छ । यस्तै जगदम्बा इन्टर प्राइजेज उद्योगमा कार्यरत ४८ वर्षीय, ५६ वर्षीय र २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जगदम्बा इन्टर प्राइजेजका सिइओमा गत साउन ६ गते संक्रमण पुष्टि भएपछि उनको कन्टयाक्ट ट्रेसिङका क्रममा ३ जना कर्मचारीमा पनि संक्रमण भेटिएको हो ।

विज्ञापन

यस्तै स्वेच्छाले आफैले पैसा तिरेर पीसीआर जाँच गराएका वीरगन्ज ७ लोहरपट्टीका ५५ वर्षीय, वीरगन्ज १३ का ३४ वर्षीय, वीरगन्ज ७ का ३३ वर्षीय र वीरगन्ज १३ का २३ वर्षीय पुरुषमा पनि सोमबार राति संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका वीरगन्जकै २३ वर्षीय एक युवक र बाराको कलैया उपमहानगरपालिका ५ घर भएका ४१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए । वीरगन्ज ११ श्रीपुरकी ४५ वर्षीया महिलामा पनि संक्रमण भेटिएको छ ।

यसैगरी भारतको बैंगलोरबाट आएका वीरगन्ज २३ सबैठवाका २६ वर्षीय पुरुष र पर्साको ठोरीस्थित सरस्वती माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय पुरुषको पनि पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।

सोमबार रात संक्रमण पुष्टि भएका १५ जनामध्ये १ जना बारा , १ जना इलामका हुन् भने बाँकी १४ पर्साका निवासी हुन् ।सोमबार राती संक्रमण पुष्टि भएका १५ जनामध्ये १३ जना पर्साका, १ जना बारा र १ जना इलामको रहेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

पर्साका थप १३ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या २७२ पुगेको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook