• होमपेज
  • कोरोना त्रास: दश दिनका लागि स्याङ्जा सिल
समाचार

कोरोना त्रास: दश दिनका लागि स्याङ्जा सिल

स्याङ्जा, साउन १३ गते । सुरक्षाकर्मीमा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि स्याङ्जा जिल्ला दश दिनको लागि सिल गरिएको छ । समाजमा कोरोना भाइरस फैलिन नदिन अत्यावश्यक सेवाबाहेक पूर्ण रुपमा बन्देज गरिएके हो । कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टरले जनताको सुरक्षामा खटिएका प्रहरी प्रमुखसहित २१ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि जिल्ला बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरी प्रमुखसहित सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र सम्पर्कमा आएकाले प्रभावको हिसाबले पुतलीबजार धेरै जोखिम देखिए पनि समुदायमा पूर्ण रुपले फैलिन नदिन अत्यावश्यकबाहेक सेवाहरू बन्द गरिएको क्षेत्रीले बताउनुभयो ।

विज्ञापन

घोषित रुपमा सिल नभने पनि अवस्थालाई हेरेर अघोषित रुपमा सिल नै भएको क्षेत्रीले बताउनुभयो । आवश्यक परेर घर बाहिर निस्कनुपरेमा अनिवार्य मास्क लगाउन आग्रह गर्दै क्षेत्रीले जिल्लाभित्र रहेका सबै पालिकाहरूलाई नियन्त्रणमा लिन अनुरोध गरेको बताउनुभयो ।

कोराना नियन्त्रण गर्न दुरी कायम गर्ने, भिडभाडमा नजाने, मास्क तथा स्यानिटाइजर प्रयोग गर्न जिल्लावासीहरूमा क्षेत्रीले आग्रह गर्नुभएको छ । अत्यावश्यक कामहरूबाहेक भिडभाड नगर्न प्रजिअ क्षेत्रीले आग्रह गर्नुभएको छ । सीसीएमसीको निर्णयलाई अवज्ञा गर्ने जो कोहीलाई पनि कारबाही गरिने प्रजिअ क्षेत्रीले बताउनुभयो ।

कोरोना सङ्क्रमित प्रत्यक्ष सम्पर्कमा आएकाको स्वाब लिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । उहाँले सुरक्षाकर्मीको धेरै प्रत्यक्ष सम्पर्कमा आएकामध्येबाट उमेर बढी भएका र दीर्घ रोगीको पहिलो चरणमा स्वाब लिइने बताउनुभयो । यहाँ साउन ६ गते ट्राभल हिस्ट्री नभएका तीन जना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण भेटिएको थियो भने साउन १२ गते प्रहरी प्रमुख एसपीसहित सङ्क्रमण फैलिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook