• होमपेज
  • अफगानिस्तानमा बम विस्फोट, ४ प्रहरीको मृत्यु
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बम विस्फोट, ४ प्रहरीको मृत्यु

अफगानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित ४ प्रहरी मारिएका छन् ।

देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

विज्ञापन

उनका अनुसार विस्फोटनमा परेर प्रहरीले प्रयोग गरेको एउटा सवारीसाधन पनि ध्वस्त भएको छ ।

प्रहरी अधिकारीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा दुर्घटनामा परेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook