• होमपेज
  • गण्डकी प्रदेशमा खेलकुदका लागि ८ करोड ३५ लाख बजेट 
खेलकुद

गण्डकी प्रदेशमा खेलकुदका लागि ८ करोड ३५ लाख बजेट 

गण्डकी प्रदेश सरकारले समग्र खेलकुदको विकासका लागि नीति, कानून, संरचना र पूर्वाधार निर्माणमा जोड दिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा सरकारले प्रदेशस्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेटरङ्गशाला, गल्फकोर्स, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रङ्गशाला र १ स्थानीय तह एक खेलकुद मैदान निर्माणका लागि ८ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

विज्ञापन

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए ।

सरकारले आ.व.२०७७/०७८ मा मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई निरन्तरता दिएको छ ।

राष्ट्रिय खेलकूद परिषद्बाट त्यहाँ आयोजना हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने खेलाडीको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याइएको उनले जानकारी दिए ।

प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook