• होमपेज
  • स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए
पत्रपत्रिका

स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए

काठमाडौं – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटि सदस्यलाई बालुवाटार बोलाएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको बुधवारको बैठक निष्कर्षविहीन भएपछि उनले सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।

ओलीले जनार्दन शर्मा, गोकर्ण विष्ट, देवेन्द्र पौडेल, मणि थापा, टोमबहादुर रायमाझी लगायतका नेतासँग छलफल गरिरहेको स्रोतले बतायो ।

विज्ञापन

केही समयदेखि नेकपाभित्र विवाद उत्पन्न भएको छ । यसअघि स्थायी कमिटीका केही सदस्य र शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष पद र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए । राजीनामाको मागपछि ओलीले प्रचण्डसहित अन्य नेकपाका नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook