• होमपेज
  • प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पूर्व माओवादी समूहका सांसदले थाले हस्ताक्षर अभियान
द्रुत खबर बिशेष

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने पूर्व माओवादी समूहका सांसदले थाले हस्ताक्षर अभियान

२५ असार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको विवाद मिलाउन दुइ अध्यक्षले वार्ता गरिरहेको समयमा पूर्व माओवादी समूहले हस्ताक्षर अभियान चलाएको छ । केही दिनयता नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरूङकै कार्यकक्षमा समेत सांसदहरूको हस्ताक्षर संकलन भैरहेको छ ।

पार्टी एक ढिका बनाउन नेता कार्यकर्ताले दबाब सिर्जना गरिरहेको समयमा पूर्व माओवादी समूह भने खाली कागजमा सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ । बिहीबार संसदीय दलको कार्यालयमा गएर हस्ताक्षर गरेका एक सांसद भन्छन ‘संसदीय दलको कार्यालयमा पुगेको थिएँ । यहाँ हस्ताक्षर गर्नुस भनेर खाली कागजमा हस्ताक्षर गर भने । मैले हस्ताक्षर गरेँ । तर प्रयोजनका बारेमा केही जानकारी दिएका छैनन् ।’

विज्ञापन

स्रोतका अनुसार हस्ताक्षर अभियानको नेतृत्व प्रमुख सचेतक गुरूङले नै गरेका छन । उनले केहीदिनदेखि नै रहस्यमय तरिकाले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको सूचना दैनिकीले प्राप्त गरेको थियो । दैनिकीले गुरूङसँग हस्ताक्षर अभियानको बारेमा चासो राख्नदा उनले यसमा आफू संलग्न नभएको तर हस्ताक्षर चलिरहेको बारेमा जानकारी पाएको बताए । उनले साथीहरूले पार्टी एकताका लागि दबाब दिन हस्ताक्षर अभियान चलाएको बताए ।

भारतीय इशारामा पार्टीकै नेताहरू सरकार ढाल्न कसिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएपछि एउटा बाटोमा छलफल चलिरहेको स्थायी कमिटीको एजेण्डामा बाहिरको विषय मिसाएर पार्टी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले सरकार ढाल्नका लागि आफूहरू क्रियाशिल रहेको स्वघोषणा गर्दै राजिनामा दिन अनुरोध गरेका थिए  ।

सत्ताका लागि बार्गेनिङ चलिरहेको समयमा भएको हस्ताक्षर अभियानले अनेक शंका जन्माएको छ । उनीहरूले बार्गेनिङमा आफ्नो शक्ति सांसदहरूको हस्ताक्षरबाट प्रस्तुत गर्न खोजेको हुन सक्ने बुझिएको छ । देशलाइ राजनीतिक अस्थिरतामा धकेल्नका लागि भैरहेका यस्ता प्रयासको जनस्तरबाट चर्को आलोचना भैरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook