• होमपेज
  • पर्वतमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन कार्य शुरु
समाचार

पर्वतमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन कार्य शुरु

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले फोटो खिचाए

असार २५ / राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम अन्तर्गत पर्वतमा विहिबारबाट ब्यक्तिगत विवरण संकलन कार्य शुरु गरिएको छ ।

पर्वतको मोदी गाउँपालिका ७ राम्जा स्थायी घर भई हाल राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराई फोटो खिचाएर उक्त कार्यको शुभारम्भ गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालयको एक कोठामा फिल्ड कार्यालयको स्थापना गरी विवरण संकलन गर्ने कार्य शुरु गरिएको छ । अब यो कार्यालय स्थायी रूपमा रहनेछ । राष्ट्रिय परिचय पत्रको तथ्यांक संकलनका लागि विभागबाटै तालिमप्राप्त एक जना कम्प्युटर अपरेटरलाई खटाइएको छ भने जिल्ला प्रशासन कार्यालय पर्वतमा कार्यरत कर्मचारीहरुले पनि उक्त कार्य नागरिकता वितरण सँगै अघि बढाउने जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो ।

विज्ञापन

अहिले विवरण संकलन गर्ने कार्य प्रशासन कार्यालयबाट शुरु गरिए पनि केही दिनपछि जिल्लाका ७ वटै स्थानीय तहका ६१ वटा वडामा स्थानीय तहहरुको सहकार्यमा कर्मचारीको टोली पुगेर विवरण संकलन गर्ने योजना रहेको उहाँले बताउनुभयो । विवरण संकलन पश्चात् एक हप्ता देखि एक महिनाको समयावधिमा राष्ट्रिय परिचय पत्र वितरण केन्द्रबाट परिचय पत्र तयार भई जिल्ला प्रशासन कार्यालयमा आएपछि वितरण कार्य शुरु हुने उहाँले जानकारी दिनुभयो ।
नागरिकता प्राप्त गरेकालाई परिचय पत्र वितरण गरिने छ । नयाँ नागरिकता लिन आएका नागरिकहरुको तत्काल विवरण संकलन गरिने र अन्य कोही व्यक्तिले राष्ट्रिय परिचय पत्र लिन चाहेमा जिल्ला प्रशासन कार्यालय पर्वतबाट विवरण टिपाउन सक्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनुभयो ।
परिचय पत्रमा नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक्स (औठा) छापसहितको विवरण समेत समावेश गरिने कार्यालयले जनाएको छ । पर्वतमा शुरु भएकै दिन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना लगायत जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेल, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, नेकपाका नेता मेघनाथ सुवेदी लगायतले फोटो खिचि व्यक्तिगत विवरण टिपाउनुभएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय परिचयपत्र बैज्ञानिक, ब्यबस्थित र सजिलो हुने बताउनुभयो । ‘राष्ट्रिय परिचयपत्र बैज्ञानिक , ब्यबस्थित र सजिलो पनि छ’ उहाँले भन्नुभयो ‘यसले ब्यक्तिको पहिचान गर्न र अपराध न्युनीकरण गर्नका लागि समेत सहयोग पुग्नेछ’
फरक प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सिनाले बाढी पहिरोको जोखिम भएकाले आपतकालिन उद्दार तथा राहतका लागि तयार रहन जिल्लाका सुरक्षा निकाय तथा सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभयो । उहाँले दुर्लुङ्गमा गएको पहिरोको उदाहरण दिदै कल्पना नगरेकै ठाउँमा पनि बिपक्ती आउन सक्ने भएकाले सबै सर्तक हुन आबश्यक छ भन्नुभयो । जोखिमयुक्त पहिचान भएका स्थानमा पुर्वसतर्कता अपनाउन पनि आग्रह गर्नुभयो । गत बर्ष बाढी र डुबान प्रभावित क्षेत्रमा संघीय संसदको टोलीले अनुगमन गर्दा हरेक जिल्लामा उद्दारका लागि रबरबोटको आबश्यकता देखेर सिफारिस गरेको र पर्वतमा पनि त्यसका लागि ब्यबस्थापन गर्न आवश्यक छ भन्नुभयो ।
सरकारी, गैरसरकारी निकाय, बैंकहरू, टेलिकम, व्यावसायिक सेवा प्रदायक संस्थाले प्रयोग गर्ने रजिष्ट्रेसन फारम र फारम डिजिटाइज्ड गर्न यसले मद्दत पुु¥याउनुका साथै दोहोरो सेवा सुविधा लिने, भूmठा विवरण पेश गर्ने, सेवा सुविधाको दुरुपयोग गर्ने जस्ता कार्य नियन्त्रित भई लक्षित वर्ग समुदाय एवं आम नागरिकले राज्य प्रदत्त सुविधाबाट प्रत्यक्ष लाभ लिन सक्ने सरकारको नीति रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook