काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ । सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए । नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, […]
काठमाडौं : माधवकुमार नेपाल समूहका स्थायी समिति सदस्यहरूको ११ बजे बस्ने ‘भर्चुअल’ बैठकले राजीनामाको अन्तिम टुंगो लगाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अराजक दम्भ’ तोडने रणनीतिसहित नेपाल समूहका सांसदहरू राजीनामा दिन लागेका हुन् । ओलीले संसद्मा विश्वासको मत लिन असफल भएपछि विकल्पको सरकार निर्माणको बाटो प्रशस्त गर्न उनीहरूले राजीनामा दिन लागेका हुन् । नेपाल […]
काठमाडौं । एमालेको उत्कर्ष विवाद असन्तुष्ट पक्षका सांसदहरुको राजीनामासम्म पुगेको छ । आफूहरुको समूहमाथि गरिएको कारवाही फिर्ता लिएर २०७५ जेठ २ को अगाडि पार्टीलाई नपुर्याए विश्वासको मत लिनु अघि नै सामूहिक राजीनामा दिने तयारीमा असन्तुष्ट पक्ष लागेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि दबाब बढाउन उनीहरुले हस्ताक्षरसमेत जुटाइसकेको दाबी गरेका छन् । यस अघि […]
काठमाडौं । सत्तारुढ एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष आ–आफ्नो बटमलाइनमा अडान राख्दा पार्टीमा मिलेर जाने सम्भावना क्षीण बन्दै गएको छ । प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने समय नजिकिँदै गर्दा तीन दिनदेखि लगातार भइरहेको व्यक्तिगत तथा सामूहिक वार्तासमेत सकरात्मक बन्न सकेको छैन । वैशाख पहिलो साता […]
काठमाडौं । प्रदेश सरकारहरु हुँदै राष्ट्रियसभाको उपनिर्वाचनहरु र संघीय संसदबाट विश्वासको मत लिने विषयसम्म चौतर्फी पराजय व्यहोर्नु पर्ने अवस्थामा पुगेपछि एमालेको केपी ओली समूह पार्टीभित्रका विद्रोही नेताहरुसँग सम्झौता गर्ने मानसिकतामा पुगेको छ । आफ्ना दर्जनौं सांसदहरुलाई कारबाहीको डण्डा चलाएर अन्य पार्टीका एकाध सांसदको मतका लागि अराजनीतिक हर्कतहरु गर्न समेत पछि नपरेर आलोचित बन्नुपरेपछि ओली समूहभित्रका […]
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेभित्रको विवाद झन बढ्दो छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान मिचेर आफू निकटकालाई जिम्मेवारी दिएको, पार्टीमा लामो समयदेखि क्रियाशील रहेकालाई बेवास्ता गर्दै भरखरै पार्टी प्रवेश गरेकालाई मुख्य भूमिका दिइएकोलगायतका विषयमा एमालेभित्र विवाद चर्किँदो छ । यो विवाद नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई […]
काठमाडौं । नेकपा एमालेको आधिकारिकता दावी गर्दै माधव नेपाल पक्ष निर्वाचन आयोगमा गएको छ । नेपाल पक्षीय नेताहरु राजेन्द्र पाण्डे र बेदुराम भुसाल आइतवार आयोगमा गएर राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारवाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिएका छन् । अध्यक्ष केपी ओली २०७७ फागुन २८ र चैत ७ गते गरेका […]