Breaking News

असारे विकास : रातभर गरेको पिच बिहानै भत्काइयो
असारे विकास : रातभर गरेको पिच बिहानै भत्काइयो

विर्तामोड। असारमा बजेट सक्ने चटारोका कारण हतारमा विकास निर्माणका काम गर्ने गरेको पाइएको छ। झापाको कनकाई नगरपालिका ३ मा शनिबार रातभर गरेको सडक पिच गुणस्तरहिन भएको पाइएपछि स्थानीयको चर्को विरोध गरे। पानी परेको समयमा कमशल सामग्री राखेर ठेकेदार कम्पनीले पिच गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन्। स्थानीयको विरोधपछि ठेकेदारले बिहानै पिच भत्काएका हुन्। कनकाई नगरपालिका ३ […]

  • ३ years अगाडि
प्रधानमन्त्री देउवासँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको शिष्टाचार भेट
प्रधानमन्त्री देउवासँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओले शिष्टाचार भेट गर्नुभएको छ। आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर चियानचाओले भेटवार्ता गर्नुभएको हो। सीपीसीको विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोली तीन दिनसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। आठ सदस्यीय टोलीसहित उहाँ आइतबार बिहान नेपाल आउनुभएको हो। लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै अन्य दलका अध्यक्ष लगायत नेतासँग […]

  • ३ years अगाडि
आजदेखि साझाको विद्युतीय बस सञ्चालनमा, महिला चालक र सहचालक
आजदेखि साझाको विद्युतीय बस सञ्चालनमा, महिला चालक र सहचालक

काठमाडौं । साझा यातायातले बिहीबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । साझाले पहिलो चरणमा ल्याएको तीनवटा विद्युतीय बस आजदेखि सञ्चालनमा ल्याएको हो । साझा यातायात अध्यक्ष कनकमणि दीक्षितले काठमाडौं उपत्यकामा चल्ने बसको एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार साझा यातायातका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त बसको उद्घाटन गर्नुभएको हो । तीनवटा […]

  • ३ years अगाडि
देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा
देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पर्वत जिल्ला मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट हिरादेबी शर्मा निर्वाचित हुनुभएको हो । राजनीतिक दलहरुले महिलालाई उपाध्यक्ष पदमा मात्रै निर्वाचन लडाउने गरेको भएपनि पर्वतको मोदी गाउँपालिकामा भने शर्माले अध्यक्षमा नै निर्वाचन लडेर बिजय हुँदै मोदी गाउँपालिकाको आगामी ५ वर्षको नेतृत्व सम्हाल्नुभएको छ । राजनीतिसँगै शिक्षक सेवामा समेत […]

  • ३ years अगाडि
रामेछाप बस दुर्घटनामा नौजनाको मृत्यु, २६ घाइते
रामेछाप बस दुर्घटनामा नौजनाको मृत्यु, २६ घाइते

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँँदा नौ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । डोग्माबाट मंगलबार विहान काठमाडौंतर्फ जाँदै गरेको बा. २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना भएको हो । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चारजना महिला र […]

  • ३ years अगाडि
फलेवास–लुङ्खु सडक : कालोपत्रे दुई महिना टिकेन
फलेवास–लुङ्खु सडक : कालोपत्रे दुई महिना टिकेन

पर्वत। पर्वतका चार पालिकालाई जोड्ने ‘फलेवास–लुङ्खु सडकमार्गअन्तर्गत लमाएखोला–लुङ्खु सडक कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किन थालेको छ । गत जेठमा मात्रै सम्पन्न भएको यो सडकको कालोपत्रे उपिक्न र भत्किन थालेको छ । कालोपत्रेको काम अधिकांश ठाउँमा भत्किएको र पिच उप्किन सुरु भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय र ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)को ध्यानाकर्षण गराएको छ […]

  • ३ years अगाडि
आज असार पन्ध्र
आज असार पन्ध्र

असार पन्ध्रमा पर्वतको कुश्मा नगरपालिका १२ मा भएको खेत रोपाई । जिल्लाका अधिकांस उपल्लो भागमा रोपाईँ ५० प्रतिशत सकिएको छ भने तल्लो भागमा भने शुरु भएको छैन । असार पहिलो सातादेखि नै वर्षा भएसँगै कृषकहरुले खेत समयमै खेत रोप्न पाएकोमा खुशी छन् ।

  • ३ years अगाडि
काठमाण्डौ महानगरका मेयर बालेनले लिए यस्तो एक्सन
काठमाण्डौ महानगरका मेयर बालेनले लिए यस्तो एक्सन

काठमाडौं महानगरपालिकाले खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने भएको छ । काठमाडौंमा हैजाका बिरामी बढ्दै गएपछि खानेकुरा तथा पानीको शुद्धताको निगरानी गर्ने महानगरले जनाएको हो । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिने भएको छ । प्रहरीसँग सहकार्य गरेर सडकमा खानेकुरा बेच्न नदिने महानगरले जनाएको छ । यस्तै  होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि […]

  • ३ years अगाडि
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो
पेट्रोलको मूल्य २० र डिजेल–मट्टीतेलको २९ रूपैयाँ घट्यो

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग मन्त्रालयले शनिबार पत्रकार सम्मेलन गर्दै मूल्य घटाएको जानकारी दिएको हो । पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय भएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७९ र डिजेलको प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ । सरकारबाट तोकिएको मूल्य भने शनिबार राति […]

  • ३ years अगाडि
कालोपत्रे सडक १ वर्ष पनि टिकेन, टालो हालेको १० दिनमै उप्कियो
कालोपत्रे सडक १ वर्ष पनि टिकेन, टालो हालेको १० दिनमै उप्कियो

पर्वत । जिल्ला पूर्वाधार कार्यालय पर्वतको बेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण पर्वतको कुश्मा नगरपालिका ११ र १२ मा बनेको कालोपत्रे सडक १ वर्ष पनि टिकाउ भएन । कुश्मा नगरपालिकाको सिल्मीचोदेखि ठूलीपोखरीसम्मका विभिन्न ठाउँमा गरिएको कालोपत्रे १ वर्ष नपुग्दै भत्किएको हो । स्थानीयवासीहरु पटकपटक कार्यालयलाई ध्यानाकर्षण गराएपछि मर्मत गरेको भएपनि केही दिनमै पुनः भत्किएको हो […]

  • ३ years अगाडि
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना

पर्वत असार १० गते । जिल्लाको मोदी गाउँपालिकाको ११ औं गाउँ सभाले आगामी आर्थिक बर्ष २०७९÷०८०को लागि रु. ७३ करोड ५२ लाख ५३ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभाले उक्त बजेट पारित गरेको हो । बजेटमा कुल बजेट मध्ये रु.४८ करोड ६९ लाख पुँजीगत बजेट रहेको छ भने चालुतर्फ रु. […]

  • ३ years अगाडि
अनुदानका लागि शुरु गरिएका फर्म अलपत्र
अनुदानका लागि शुरु गरिएका फर्म अलपत्र

गणेश पौडेल पर्वत, असार ७ गते । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट डेढ करोड रुपियाँ अनुदान पाएको पर्वतको महाशीला गाउँपालिकाको नमुना बाख्रा फर्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो । महाशीला १ होश्राङ्दीमा बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको बाख्रा फर्म एक वर्षपछि अलपत्र परेको हो । २०७४ सालमा आयोजनाबाट अनुदान पाएको […]

  • ३ years अगाडि