पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमणदर बढेको छ । संक्रमितको संख्या बढेसँगै अस्पतालका बेडहरू बिरामीले भरिन थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा पछिल्लो एक सातायता कोरोना संक्रमित भर्ना हुने संख्या क्रमशः बढिरहेको छ । नेपालमा आइतबार थप २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । […]