• होमपेज
  • थप ९ संक्रमितको मृत्यु, १७१४ नयाँ थपिए
Breaking News

थप ९ संक्रमितको मृत्यु, १७१४ नयाँ थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोभिड१९को संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड१९को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १७ सय १४ जनामा कोभिड१९को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड१९बाट संक्रमित हुनेको संख्या १० लाख ९९ हजार ३ सय ३ पुगेको छ ।

विज्ञापन

यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ७१ जना कोभिड१९को संक्रमणबाट मुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६ हजार ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ८८ हजार ४ सय ४० मात्रा खोप लागेको छ । योसँगै हालसम्म नेपालमा ३ करोड ३८ लाख २६ हजार ३ सय ३ डोज खोप लागेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ८० रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook