समाचार

बझाङमा प्रदेश सभा निर्वाचन : ४९.१२ प्रतिशत मतदान
बझाङमा प्रदेश सभा निर्वाचन : ४९.१२ प्रतिशत मतदान

बझाङ/शनिबार बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१ )को उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचनमा ४९. १२ अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेको बताउनुभयो। सो क्षेत्रमा २०७९ को […]

  • १ year अगाडि
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ का दुई स्पर्धा पर्वतको कुश्मामा सम्पन्न
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ का दुई स्पर्धा पर्वतको कुश्मामा सम्पन्न

पर्वत/ ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ट्यालेन्ट र स्विम वेयर राउन्ड सकिएको छ। मंगलबार पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा यी दुई सबटाइटल राउन्ड सम्पन्न गरिएको हो । हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउन्ड आयोजना गरिएको थियो। जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवक गरे। सन्तोष उपाध्यायसहित उज्वल के जोशी, मानस राई, रोशनी चन्द, […]

  • १ year अगाडि
पर्वतमा चट्याङ् लागेर दुई जनाको मृत्यु
पर्वतमा चट्याङ् लागेर दुई जनाको मृत्यु

पर्वत– पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । भुकताङ्लेका ५८ वर्षीय प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी […]

  • १ year अगाडि
मनै लोभ्याउने बाटुलेचौर क्षेत्र (फोटो फिचर)
मनै लोभ्याउने बाटुलेचौर क्षेत्र (फोटो फिचर)

पर्वत । नजिकै धौलागिली, निलगिरी, माछापुच्छ्रे र अन्नपुर्ण रेन्जका सेता हिमाल, चारै तिर खुलेका हरिया डाडाँहरु, छेवैमा मनमोहक सल्लाघारी, सगैँ कलात्मक शैलीको कालिका भगवतीको मन्दिर र बिचमा पाहुनाहरुलाई स्वागत गर्न बसेको किङ्ग फिसर होम स्टे । झन्ट सुन्दा यो कतै पोखरा सराङ्गकोट, पुर्बको भेडेटार वा भक्तपुरको नगरकोटको ब्याख्या गरे जस्तो लाग्छ, तर यहाँ हामीेले बर्णन […]

  • १ year अगाडि
महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम: मन्त्री भगबती चाैधरी
महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम: मन्त्री भगबती चाैधरी

विराटनगर। सरकारले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएकाे छ । मन्त्री चाैधरीले महिलालाई उद्यमशिलतामा जाेड्नका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने बताउनु भयाे । विराटनगरमा आजबाट सुरू भएकाे महिला उद्यमशिलता प्रदर्शनीकाे उद्घाटन गर्दै मन्त्री चाैधरीले महिला उद्यमीका लागि पनि […]

  • १ year अगाडि
पर्वतको जलजलामा एक दम्पतीकाे शंकास्पद मृत्यु
पर्वतको जलजलामा एक दम्पतीकाे शंकास्पद मृत्यु

पर्वत/ जलजला गाउँपालिका वडा नम्वर–२ राममन्दिरमा गएराति एक दम्पतीकाे हत्या भएको छ । सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान भेटिएकाे वडा अध्यक्ष प्रकाश जिसिले जानकारी दिए । अहिले कुश्माबाट प्रहरी टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । त्यसैगरि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल […]

  • १ year अगाडि
मतदातासँग साक्षात्कार गर्दै मन्त्री गिरी गाउँगाउँमा
मतदातासँग साक्षात्कार गर्दै मन्त्री गिरी गाउँगाउँमा

पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पर्वतको दक्षिणी क्षेत्रका गाउँहरुमा स्थानीयसंग भेटघाटमा ब्यस्त छन् । आइतबार मन्त्री गिरीले पैयू गाउँपालिका स्थानीयसंग भेट गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्र रहेको पर्वतको पैयू गाउँपालिकाका विभिन्न वडाहरुमा स्थानीयसंग भेटघाट गरेका गिरीले हुवास बजारमा आयोजीत भेटघाट कार्यक्रममा कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्ने धारणा राखे । उनले कानुन अज्ञानता […]

  • १ year अगाडि
पर्वतबाट दुई हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
पर्वतबाट दुई हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

पर्वत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पर्वत जिल्लाबाट दुई हजार २८ जना विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्षको परीक्षा आगामी चैत १५ गतेदेखि सुरु भई २७ गतेसमम सञ्चालन हुँदैछ । परीक्षाको लागि सम्पूर्ण तयारी भईरहेको शिक्षा विकास तथा समन्वय इकाई पर्वतले जनाएको छ । कार्यालयका अनुसार जिल्ला भरबाट १७ वटा परिक्षा केन्द्रमार्फत् […]

  • १ year अगाडि
बागलुङमा यात्रु बस दुर्घटना, कम्तीमा ७ को मृत्यु, २५ जना घाइते
बागलुङमा यात्रु बस दुर्घटना, कम्तीमा ७ को मृत्यु, २५ जना घाइते

बागलुङ/बागलुङमा सोमबार साँझ एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार अन्य २५ यात्रु पनि घाइते भएका छन्। जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा एउटा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो। यो दुर्घटनामा २० जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख […]

  • १ year अगाडि
‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा
‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा

पोखरा/नेपालको करिब मध्यभागमा पर्ने पोखरालाई तीन तहकै सरकारले पर्यटकीय सहर मानेका छन् । विभिन्न तथ्याङ्कले नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा घोषणा गरिँदै छ […]

  • १ year अगाडि
लघुवित्त पीडितसँग सरकारको आजपनि वार्ता हुने
लघुवित्त पीडितसँग सरकारको आजपनि वार्ता हुने

काठमाडौँ । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग विहीबार साँझ छलफल गरेको र आज (शुक्रबार) बिहान पुनः बस्नेगरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ । ‘‘आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा […]

  • १ year अगाडि
नेप्से परिसूचक ओरालो लाग्यो
नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित भएको छ । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ८१ मा सीमित […]

  • १ year अगाडि