• होमपेज
  • प्रविधिमैत्री बन्दै बिहादीका स्वास्थ्य संस्था
गण्डकी प्रदेश

प्रविधिमैत्री बन्दै बिहादीका स्वास्थ्य संस्था

पर्वत : पर्वतको बिहादी गाउँपालिकाले गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूको प्रतिवेदन चुस्त दुरुस्त अवस्थामा राख्नको लागि ल्यापटप वितरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष परविन गुरुङका अनुसार दिन प्रतिदिन हरेक क्षेत्रमा प्रविधिको आवश्यकता र माग बढिरहेको बेलामा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूलाई पनि चुस्त दुरुस्त अवस्थामा राख्नको स्थानीय तहमा रहेका छ वटा स्वास्थ्य संस्थाहरूलाई नै ल्यापटप वितरण गरिएको हो ।
स्वास्थ्यकर्मीले आफूले गरेको काम समयमै प्रतिवेदन गर्न नपाउँदा स्वास्थ्य संस्थाको प्रगतिमा कमी आउने भएकोले स्वास्थ्य संस्थालाई प्राथमिकतामा राखेर ल्यापटप उपलब्ध गराइएको हो । स्वास्थ्य संस्थालाई प्रविधिमैत्री बनाउने नीति गाउँपालिकाले लिए अनुसार यस पटक ल्यापटप वितरण गरिएको हो । यस अघि सबै स्वास्थ्य संस्थाहरूलाई १÷१ थान डेस्कटप कम्प्युटर र इन्टरनेटको सुविधा उपलब्ध गराइसकिएको पनि गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।
स्वास्थ्य संस्थामा रहेका ल्यापटप र कम्प्युटरमा विद्युतीय तथा इन्टरनेटको अवरोध हुन नदिनको लागि अबको पालोमा सबै स्वास्थ्य संस्थाहरूमा पावर ब्याक अप उपलब्ध गराउने योजना गाउँपालिकाले बनाएको छ । अध्यक्ष गुरुङले स्वास्थ्य क्षेत्र नागरिकको प्रत्यक्ष सरोकार र दैनिकसँग जोडिएकोले स्थानीय तहले स्वास्थ्य संस्थालाई प्रविधिमैत्री बनाउने प्रयास गरिरहेको बताउनुभयो ।
स्वास्थ्य सँगसँगै शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेर गाउँपालिका विभिन्न योजनाहरू लागू गरिरहेको भन्दै उहाँले यसमा सहकार्य गर्ने सबै पक्षहरूलाई धन्यवाद पनि दिनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै