पर्वत जिल्लाको प्रवेशद्वारका रूपमा रहेको मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा अवस्थित छ । नेपाल सरकारको २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकामा साबिकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गाविस रहेका छन् । कुल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको यो गाउँपालिकाको पूर्वमा कास्की जिल्ला, दक्षिणपश्चिममा कुस्मा नगरपालिका र जलजला गाउँपालिका, उत्तरमा […]