• होमपेज
  • नेकपा फुटे नेपाल विदेशी सेनाको अखडा बन्छ
Breaking News

नेकपा फुटे नेपाल विदेशी सेनाको अखडा बन्छ

सधैं एउटै व्यक्ति पदमा बस्‍नुपर्छ भन्‍ने छैन

साउन ११, २०७७

संकटको बेला सुरु भएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले विभाजन समेतको अवस्था ल्याउन लागेको छ। पार्टीभित्रको विवाद चर्किरहेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता गर्न लागिएको सार्वजनिक रूपमै बताइसकेका छन्। पार्टीभित्रको विवाद साम्य हुनै छाँट देखिएको छैन। भुसको आगोझैँ भित्रभित्र विवाद सल्किरहेको छ। अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छन्। तर, प्रधानमन्त्री ओली दुवै पदबाट टसमस नहुने अडानमा छन्।

विज्ञापन

यही विवादले निरन्तरता पाउँदा नेकपा झन् झन् संकटमा पर्दै गएको छ। पाटीभित्रको विवाद कहाँ पुग्यो? सहमतिका प्रयास कसरी भइरहेका छन्? अब नेकपा कसरी अघि बढ्छ भन्‍नेबारे केन्द्रित रहेर नेकपा प्रमुख सचेतक देव गुरुङसँग रमेश पराजुलीले गरेको कुराकानी नेकपामा देखिएको विवाद अहिले कहाँ पुग्यो?

पार्टी विभाजनको अवस्थामा पुगेकै हो त? 

पार्टीभित्रको विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच र अन्य तहमा पनि छलफल भइरहेको छ। त्यस विषयमा स्थायी कमिटीको बैठकमा पनि छलफल हुन्छ। पार्टीमा विवाद चलिरहँदा नेकपा एमाले दर्ता प्रक्रिया अघि बढेकाले फुटको अवस्थामा पुगेको हो कि भन्‍ने संकेत गरेको छ। यसअघि पनि सरकारले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो। सरकारको कदमलाई नियाल्दा पार्टी फुटाउन पो लागिरहेको छ कि भन्‍ने जस्तो देखिन्छ। निर्वाचन आयोगमा दल दर्ताको चर्चा ता पार्टीको स्थायी कमिटीको बैठकमा सहभागी नै नहुने सहितका घटनाक्रमलाई हेर्दा पार्टी फुटाउने प्रोपोगान्डा भइरहेको जस्तो देखिन्छ। तर, हामी पार्टी विभाजनको पक्षमा छैनौं। सहमतिमा अघि बढ्नुपर्छ भन्‍ने  जोड दिइरहेका छौँ। छलफलबाटै सहमतिको प्रयास जारी छ, त्यसबारे पछि निर्णय आउला।

संघीय गणतन्त्र प्राप्त भइसकेको अवस्थामा कम्युनिष्ट पार्टी फुट्ने छुट छैन। पार्टी फुट्नु भनेको जनताको विश्वासमा घात पुग्छ। अहिले पार्टीभित्रको विवाद राष्टियतासँग जोडिएको छ। पटक पटक त्यही विषयको सहमति जुट्न सकेको छैन। अहिलेको अवस्थामा पार्टी फुट्यो भने राष्टिय संकटको रुपमा जान्छ। देशमा विदेशी सेना भित्रन्छन्। विदेशी सेनाको अखडा बन्छ। दुवै अध्यक्षबीच सहमति प्रयास भइरहेको छ। तर, जुट्न सकिरहेको छैन। खास पार्टीभित्र नमिलेको विषय चाहि के हो? हामी पार्टी फुट्न हुँदैन भन्ने पक्षमा छौँ। त्यसैले सहमतिको प्रयास जारी छ। पार्टीभित्रको विवादको क्रममा प्रधानमन्त्रीले एकलौटी रूपमा केही निर्णय गर्नुभएको छ। उहाँले संसद् अधिवेशन पनि अन्त्य गर्नुभएको छ। त्यहाँबाट पार्टीभित्रको विवाद थप बढ्दै गएको देखियो।

संघीय गणतन्त्र प्राप्त भइसकेको अवस्थामा कम्युनिष्ट पार्टी फुट्ने छुट छैन। पार्टी फुट्नु भनेको जनताको विश्वासमा घात पुग्छ। अहिले पार्टीभित्रको विवाद राष्ट्रियतासँग जोडिएको छ। पटक पटक त्यही विषयको सहमति जुट्न सकेको छैन। अहिलेको अवस्थामा पार्टी फुट्यो भने राष्टिय संकटको रुपमा जान्छ। देशमा विदेशी सेना भित्रिन्छन्।  नेपाल दुई ठुला मुलुकको बीचमा छ। त्यसैले नेपाल र नेपालीको राष्टियता माथि खतरा उत्पन्‍न हुनसक्छ। बाह्य शक्तिको खेलले नै पार्टी विभाजनको अवस्थामा पुगेको देखिन्छ। त्यसैले आफ्नो राष्ट्रियता भन्दा बाहिर गएर पार्टीको नीति र पद्धति बाहिर गएर हामी कुनै सहमति र निर्णय गर्दैनौँ भन्‍ने हाम्रो धारणा हो। सत्ताको अहंकारका कारणले यो स्थिति सिर्जना भएको हो।

प्रधानमन्त्री ओलीको राजीनामाको बिषयमा कुरा उठेको छ। त्यस विषयमा तपाईंहरूको वास्तविक धारणा के हो? 

मैले भनिसकेँ पार्टीभित्र मुख्य गरी अहिले राष्ट्रियताको विषयमा कुरा उठेको छ। राष्ट्रियता सुशासन, भ्रष्टाचार नियन्त्रण लगायतको विषयमा सरकारमाथि प्रश्न उठिरहेका छन्। शान्ति प्रक्रियाको कुरा छ। यो सबै कुरामा सरकारको जिम्मेवारीमा बसेको व्यक्तिले छलफल मार्फत् समाधानको प्रयास थालनी गर्नुपर्ने हो। तर, त्यस्तो भइरहेको छैन। त्यसैले काम गर्न नसक्ने भए पनि स्वाभाविक रुपमा त्यसको विकल्प खोज्नुपर्छ। राष्ट्रघाती सम्झौताबाट पछि हट्नुपर्ने हो। जिम्मेवारी बहन गरेपछि जिम्मेवारी सम्हाल्न नसकेपछि त्यसको दुई विकल्प हुन्छ।

आत्मालोचना गरेर सहमतिमा निर्णयअनुसार अघि बढ्न या विकल्प खोज्ने। यहाँ दुवैमा सहमतिको प्रयास भइरहे पनि जुटिरहेको छैन। त्यसैले विकल्पको खोजी गर्ने कि भन्नेमा छलफल बहस भइरहेको छ। राष्टियतासँग जोडिएको विषयमा हामीले स्वाधीनताको पक्षमा उभिनैपर्छ। कुनै बाँडफाँडको कुरा होइन। राजीनामा दिने नियमित प्रक्रिया हो। कुनै व्यक्ति एउटै पदमा बसिराख्ने होइन। टाउको परिवर्तन गर्दैमा पार्टी विभाजन हुने होइन। सरकारको तीन वर्षको उपलब्धि हेरिसक्यौँ।  पार्टीभित्रको समस्या समाधानको विकल्प के हुनसक्छ। कसरी सहमतिको प्रयास भइरहेको छ।  पार्टीभित्र देखिएको समस्या समाधान लागि बहस, छलफल, अन्तरक्रियाबाट समाधानको प्रयास भइरहेको छ।

राष्ट्रियताको विषयलाई किन सामान्य रुपमा लिइयो?

शान्ति प्रक्रियालाई किन रोकियो? सहमतिमा किन अघि बढ्न सकिएन? लगायतको विषय गम्भीर भएर छलफल बहस गर्नुपर्ने अवस्था छ। सरकारले आफ्नो कार्यभार किन जिम्मेवारपूर्वक निर्वाह गर्न सकेन? मुलुकलाई समाजवाद र आत्मनिर्भर बनाउने विषयमा खै योजना? विदेशबाट फर्केका युवालाई कसरी व्यवस्थापन गर्ने? लगायत सरकारका जिम्मेवारीप्रति आत्मसमीक्षा गरेर अघि बढ्नुपर्छ भन्ने कुरा राखेका हौँ। तर, समस्या समाधान गर्न र सरकारको समीक्षा गर्नमा किन पछि हटेको? हामीले सहमतिबाट समाधानको प्रयास चाहेका छौँ।

शीर्ष नेताहरूबीच भागबण्डाकै कुरा नमिलेको भन्‍ने छ नि? 

आफ्नो दलालले आफ्नो पक्षमा हुँदैन भारतविरोधी भएजस्तो देखिएपछि पो त स्थापित गर्न सकिन्छ। नकारात्मक ढंगबाट स्थापित गराउन खोजिएको छ। कसैलाई चीनतर्फको भनेर स्थापित गराउन खोजिएको छ। राष्ट्रियताको मुद्‍दामा भारतीय विस्तारबाट अनभिज्ञ छैन। ठिक त्योभन्दा उल्लोबाट प्रचार गर्दा स्थापित गराउन खोजिएको छ।  अहिले पार्टीभित्र देखिएको समस्या कुनै भागबण्डाको होइन। मैले अघि पनि भनिसकेँ फेरि पनि दोहोर्‍याउन चाहन्छु यो राष्ट्रियताको विषय हो।

शीर्ष नेताहरूको भागबण्डाको कुरा बाहिर मिडियाको प्रचार मात्रै हो। देखिनुमा तपाईंहरूले भागबण्डाको लडाइँ देख्नुभएको भए पनि यो राष्ट्रियताको विषयमा उठेको हो।  तपाईंले भारत र अमेरिकाले नै ओली सरकार स्थापित गर्न सहयोग गरेको संकेत दिनुभएको छ। वास्तविकता के हो? 

त्यो कुरा स्पष्ट रूपमा देखिएको छ नि। भारत र अमेरिकाले नै सरकारलाई स्थापित गराउने खेलमा छ। तर, यहाँ आरोप प्रत्यारोप गरेर लड्ने उता भारत र अमेरिकाले सरकार स्थापित गराउन संयन्त्र प्रयोग गरेको छ। आफूलाई कसरी स्थापित गर्न सकिन्छ भन्नेबारे भारतिय विस्तारवादको रुपमा विरोध गर्ने स्वत: सरकार बलियो बनाउने खेलमा लाग्ने। साम्राज्यवादको चरित्रको विषयमा नेपालीलाई लडाउने र भारतीय विस्तारवादको विरोध गरेजस्तो गरेर आफ्नो दललाई बलियो बनाउने खेल चलिरहेको छ। आफ्नो दलालले आफ्नो पक्षमा हुँदैन भारतविरोधी भएजस्तो देखिएपछि पो त स्थापित गर्न सकिन्छ। नकारात्मक ढंगबाट स्थापित गराउन खोजिएको छ। कसैलाई चीनतर्फको भनेर स्थापित गराउन खोजिएको छ।

राष्ट्रियताको मुद्‍दा भारतीय विस्तारवाद अनभिज्ञ छैन। उल्टो प्रचार गरेर स्थापित गराउन खोजिएको छ।  स्थायी कमिटी पटक-पटक स्थगित भइरहेको छ। विवादबीच दर्ता भएको नेकपा एमाले प्रधानमन्त्री ओलीको निर्देशनमा भएको अर्का अध्यक्ष दाहालले सार्वजनिक रूपमा किन त्यस्तो बताउनुभयो? 

मैले भनिसकेँ पार्टीभित्र देखिएको विवादको विषयमा छलफल र समीक्षाबाट समाधान निकाल्ने विषयमा हो। यहाँ विवाद चर्काउने तर, छलफल र समीक्षाबाट भाग्ने प्रवृत्ति देखियो। प्रधानमन्त्री निवास बालुवाटारमै राखेको बैठक ओली अनुपस्थित हुने गर्नुभएको छ। विवाद समाधानका लागि बैठक स्थगित गरेर छलफल भइरह्यो। तर, समस्याको समाधान भेटिएन। विवादबीच निर्वाचन आयोगमा नेकपा एमाले दर्ता प्रक्रियामा रहेको पार्टी दर्तामा ओलीको संलग्नता रहेको जस्तो उहाँको कार्यशैलीले देखाइरहेको छ। उहाँको संलग्नता नरहेको भए उहाँ स्थायी कमिटीको बैठकमा किन आउनुभएन? पटक पटकको सहमतिको प्रयासमा किन आफ्नै अडानमा रहिरहनुभयो? त्यसैले त्यसको तिर उहाँतिर सोझिएको हो। अर्का अध्यक्ष दाहालले पनि सार्वजनिक रूपमै त्यो कुरा राख्नुभएको छ। अब केही निर्णय निस्किएला। स्थायी कमिटीको बैठक पनि बसेर छलफल होला भन्ने अपेक्षा गरेका छौँ। Source ThahaKhabar

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook