• होमपेज
  • बागलुङमा पहिरोमा बेपत्ता एकको शव फेला
गण्डकी प्रदेश

बागलुङमा पहिरोमा बेपत्ता एकको शव फेला

बागलुङ- शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरोमा परी बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ ।

पहिरोमा ट्याक्टर पुरिँदा बेपत्ता भएका चालक रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो ।

विज्ञापन

बागलुङ नगरपालिका–५ मालिकाका २५ वर्षीय किसान शनिबार रातिको पहिरोमा परी बेपत्ता भएका थिए ।

उनीसँगै बेपत्ता भएका अर्का एक टिपर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

सुख्खा पहिरो झरिरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्काभेटर, ट्याक्टर र टिपर पुरिएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook