देश/प्रदेश

पर्वतमा कोरोना संक्रमितको मृत्यु
पर्वतमा कोरोना संक्रमितको मृत्यु

पर्वत, कार्तिक २/ पर्वत जिल्लामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ३८ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको हो । उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो । अस्पतालले होमआइसोलेसनमा राख्न आइतबार बिहान मात्रै घर पठाएको बुझिएको […]

  • ४ years अगाडि
पर्वतमा पायो अनेरास्ववियूले पुर्णता, को–को परे कमिटीमा ? (नामावलीसहित)
पर्वतमा पायो अनेरास्ववियूले पुर्णता, को–को परे कमिटीमा ? (नामावलीसहित)

पर्वत । पर्वतमा तेजप्रसाद शर्मा चापागाँईको संयोजकत्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (अनेरास्ववियू)ले पुर्णता पाएको छ । योसँगै दुई ठुला विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी बिचको एकता प्रकृयाले पर्वतमा पुर्णता पाएको हो । एकता कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य केशव कुवर, भक्त कुवर, पदमपाणी शर्मा, अनेरास्ववियु केन्द्रिय सदस्य विजयप्रकाश सापकोटा, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य […]

  • ४ years अगाडि
अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)
अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

पर्वत । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्वतले बिहिबार एक सूचना जारी गर्दै क्वारेन्टिन बस्न निर्देशन गरेको हो । प्रशासनले सबै वडाध्यक्ष तथा सदस्यलाई होम क्वारेन्टिन बस्न लगाउन र सोको अनुगमन गर्न निर्देशन गरेको छ । ‘हाल देशैभरी बढ्दै गएको कोभिड–१९ को संक्रमणको प्रभाव पर्वत […]

  • ४ years अगाडि
कोरोनाका संक्रमणबाट बागलुङका एक पुरुषको मृत्यु
कोरोनाका संक्रमणबाट बागलुङका एक पुरुषको मृत्यु

बागलुङ/ पोखरामा उपचाररत बागलुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चरक मेमोरियल अस्पताल, पोखरामा उपचारत बागलुङ नगरपालिका– ३ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । बागलुङ नगरपालिका –३ मा किराना पसल सञ्चालन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार पोखरा लगिएको थियो । उनको सोमबार पीसीआर परीक्षण गरिएको थियो । बुधवार बिहानसम्म अवस्था […]

  • ४ years अगाडि
पर्वतका सात सडकको डिपीआर बनाउन शुरु, १०५ किमी सडक कालोपत्रे गर्ने लक्ष्य
पर्वतका सात सडकको डिपीआर बनाउन शुरु, १०५ किमी सडक कालोपत्रे गर्ने लक्ष्य

 ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) कार्यक्रम मार्फत कालोपत्रे गरिने पर्वतका ७ वटा ग्रामिण सडकको बिस्तृत आयोजना प्रतिवेदन(डिपीआर)बनाउन शुरु गरिएको छ । ग्रामिण सडक सञ्जाल सुधार आयोजना समन्वय इकाइले पर्वतका सात सडक कालोपत्रे गर्नका लागि डिपीआर बनाउने काम थालेको हो । यी सात वटा सडकमा १ सय ५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ । एसियाली […]

  • ४ years अगाडि
अध्यक्षलाई कोरोना संक्रमण भएपछि पर्वतको जलजला गाउँपालिकाका सबै सेवा बन्द
अध्यक्षलाई कोरोना संक्रमण भएपछि पर्वतको जलजला गाउँपालिकाका सबै सेवा बन्द

पर्वत, असोज २७ / पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएपछि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरेको हो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बिज्ञप्ती प्रकाशित गर्दै कन्ट्रयाक्ट ट्रेङको रिजल्ट नआए सम्मका लागि बन्द गरिएको जानकारी […]

  • ४ years अगाडि
पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक
पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पाेखरा । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन् । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ का कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् । हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी र […]

  • ४ years अगाडि
विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट
विश्वकै उत्कृष्ट १० गन्तव्यमा नेपालको अन्नपूर्ण सर्किट

काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । अन्नपूर्णको साहसिक र […]

  • ४ years अगाडि
आकाश खुलेपछिको मनाङ (फोटो फिचर)
आकाश खुलेपछिको मनाङ (फोटो फिचर)

काठमाडौं, असोज २३ गते । वर्षा सकिएसँगै अहिले आकाश खुलेको छ । हिमाली बुकीहरुमा औषधिजन्य जडीबुटी र अन्य हिमाली फूल ढकमक्क फुलेका छन् । हिमाल खुलेर सेताम्य भएको छ । कोरोनाको व्याधि नभएको भए  नेपालका हिमाली जिल्लामा पदयात्राका लागि पर्यटकको ओइरो लाग्ने समय हुन्थ्यो । पर्यटक नपुगे पनि मनाङमा कार्यरत सशस्त्र प्रहरीका प्रेम गौतमले मनाङ घुम्दा […]

  • ४ years अगाडि
नेपाली काँग्रेसका नेता तथा वडाध्यक्ष रक्सीले मातेर परस्त्रीको ओछ्यानमा पुगेपछि…..
नेपाली काँग्रेसका नेता तथा वडाध्यक्ष रक्सीले मातेर परस्त्रीको ओछ्यानमा पुगेपछि…..

काठमाडौँ । ओखलढुंगाका एकजना वडाअध्यक्ष पक्राउ परेका छन् । नेपाली काँग्रेसका नेता तथा मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेको प्रहरीले जनाएको छ । मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काले रातोपाटीलाई जानकारी दिए । वडाध्यक्ष राईले स्थानीय महिलाको घरमा गएर बलात्कारको […]

  • ४ years अगाडि
पर्वत र बागलुङ जिल्लाको कृषिमा यस बर्ष १७ करोड खर्चिदै
पर्वत र बागलुङ जिल्लाको कृषिमा यस बर्ष १७ करोड खर्चिदै

पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्षमा पर्वत र बागलुङ जिल्लामा गरी १७ करोड ३९ लाख ८ हजार रुपैयाँ कृषि क्षेत्रमा खर्चिने भएको छ । कार्यालयले आज चालु वर्षमा सञ्चालन गर्ने कार्यक्रम र त्यसका लागि बिनियोजन भएको बजेट सार्वजनिक गरेको थियो । यसमा पूँजीगत तर्फ ४ करोड १६ लाख र चालुतर्फ १३ करोड […]

  • ४ years अगाडि
पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु
पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु

पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । कोरोना संक्रमितलाई स्थानीय तहले अस्थाई अस्पताल बनाएर उपचार गर्नुपर्ने कार्यविधि बनाएपछि सरकारको निर्णय कार्यान्वयन गर्दै पैयुँले ५ बेडको अस्थाई अस्पताल बनाउन थालेको हो । गाउँपालिकाको निर्णय अनुसार अस्पताल निर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण , जग्गा व्यवस्थापन लगायतका प्रक्रिया अगाडी बढेको गाउँपालिकाका प्रमुख […]

  • ४ years अगाडि