• होमपेज
  • को हुन् गण्डकी प्रदेश प्रमुखमा नियुक्त पृथ्वीमान सिंह गुरुङ ?
गण्डकी प्रदेश

को हुन् गण्डकी प्रदेश प्रमुखमा नियुक्त पृथ्वीमान सिंह गुरुङ ?

पोखरा । गण्डकी प्रदेश प्रमुखमा चितवन कांग्रेसका पूराना नेता पृथ्वीमान सिंह गुरुङ नियुक्त भएका छन् ।

नेता गुरुङलाई मन्त्रीपरिषद् आजको बैठकले गण्डकीको प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

विज्ञापन

प्रदेश प्रमुखमा नियुक्त गुरुङको थातथलो कास्कीको घलेल हो । गुरुङ शहीद हप्रसादका सहोदर भान्जा हुन् ।

२००६ साल माघमा जन्मिएका गुरुङ जगत प्रसाद गुरुङ र पदमकुमारी गुरुङका जेठा सुपुत्र हुन् । उनका एक भाई र दुई दिदीबहिनी छन् ।

एमएसीमा मास्टर्स गरेका गुरुङले २०३४ सालमा पोखराको पृथ्वीनारायण क्यासम्पसमा प्राध्यापन गराएका थिए ।

त्यसबेला पञ्चायतले उनको जागीर खोसिदिएको कास्की कांग्रेस सभापति कृष्ण केसीले जानकारी दिए ।

उनी हाल चितवनको भरतपुर महानगरपालिका वडा नं. २६ दिव्यनगरमा बसोबास गर्दै आएका छन् ।

नेपाली कांग्रेस पार्टी विभाजित हुँदा उनी नेपाली कांग्रेस प्रजातान्त्रिकका चितवन सभापति थिए । उनले पार्टीको हरेक मोर्चामा देउवालाई साथ दिंदै आएका नेता हुन् ।

सरकारले वर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई बनाउने निर्णय गरेको हो ।

यसैगरी लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook