• होमपेज
  • कालीगण्डकीमा पौडी खेल्दा दुई बालक बेपत्ता, दुई बाँच्न सफल
गण्डकी प्रदेश

कालीगण्डकीमा पौडी खेल्दा दुई बालक बेपत्ता, दुई बाँच्न सफल

बागलुङ : पौडी खेल्ने क्रममा कालीगण्डकी नदीमा डुबेर बागलुङका दुई बालक बेपत्ता भएका छन् । अन्य दुई बालक भने बचेका छन् । बागलुङ नगरपालिका १ निरयघाटमा कालीगण्डकी नदी किनारमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने १३ वर्षीय अभिषेक बिक र १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।

पौडी खेलिरहेका एक जनालाई बगाए पछि बचाउने क्रममा दुबै बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी इकवाल हवारीले बताए । अभिषेक रुद्रेपिपल माविमा कक्षा ७ मा अध्ययरत छन् भने यमनले ओयसिस एकेडेमीमा कक्षा ७ मा अध्ययनरत छन् ।

विज्ञापन

बिहीबार मध्यान्ह चारजना पौडी खेल्न गएकोमा ११ वर्षीय प्रश्न बिक र ११ वर्षीय भिषण पुन भने बाँच्न सफल भएका छन् । आफूहरु नदीमा नभइ छेउमा आएको पानीमा खेलेको र एक्कासी दुईजनालाई बगाएको भीषण पुनले बताए ।

‘घर अगाडि खेल्दै थियौं, दाइहरुले तल पौडी खेल्न हिँड भनेपछि गएका हौं,’ विकले भने, ‘विवश र म डराएर छेउको पानीमा खेल्यौं, दुईजना नदीमै गएर खेल्दै थिए, बगायो भने पछि हेर्दा एकजनालाई मात्र अलि तलसम्म बगाएको देख्यौं ।’

बेपत्ता दुई बालकको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना नेतृत्वको विपद व्यवस्थापन टिमले खोजी कार्य जारी राखेको डिएसपी हवारीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook