देश/प्रदेश

पर्वतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु ११ जना घाइते
पर्वतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु ११ जना घाइते

पर्वत । जिल्लाको कुश्मा–दुर्लुङ सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा शनिवार साँझ भएको जिप दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नम्बरको जिप साँझ साढे सात बजेको […]

  • १ year अगाडि
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज
गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज

पोखरा– गण्डकी प्रदेश सरकारको बजेट शुक्रवार पारित गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत असार १ गते सार्वजनिक गरेको बजेट शुक्रवार बहुमतले पारित भएको हो। बजेट पारित भएको खुसीयालीमा पोखराको चार तारे रिर्साेटमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  रात्रिकालीन भोजको आयोजना गरेका छन् । नेपाली कांग्रेसका नेतासमेत रहेका पाण्डेले आर्थिक बर्सको अन्तिम […]

  • १ year अगाडि
बिहादी गाउँपालिकाको बजेट ४४ करोड ८ लाख
बिहादी गाउँपालिकाको बजेट ४४ करोड ८ लाख

पर्वत । पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ को बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाको १२ औँ गाउँ सभाले ४४ करोड ८ लाख ४१ हजार बजेट सार्वजानिक गरेको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । आइतवार आयोजित १२ औँ गाउँ सभा मार्फत बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गदै गाउँपालिका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक […]

  • २ years अगाडि
भागबण्डा नमिल्दा आएन कुश्मा, फलेवास र जलजलाको बजेट
भागबण्डा नमिल्दा आएन कुश्मा, फलेवास र जलजलाको बजेट

पर्वत । पर्वतको जलजला गाउँपालिकाको १४ औँ बजेट अधिवेशनमा गाउँ सभाको संख्या नपुगेर स्थगित भएको छ । पालिकाले आईतवार (आज) गाउँ सभा आह्वान गरेको थियो । गाउँसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थित रहेका छन् । जसका कारण कार्यपालिकाको बहुमतले पारित गरेको नीति तथा कार्यक्रम गणपूरक संख्या अभावमा स्थगित भएको हो । ४७ गाउँ सभाषद रहेको जलजला […]

  • २ years अगाडि
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सम्मानित
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सम्मानित

पर्वत/प्रेस युनियन पर्वतले छैठौं अधिबेशनका क्रममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएका पत्रकारहरुलाई विभिन्न वर्षका पुरस्कारबाट सम्मानित गरेको छ । हरिमखमली प्रेस युनियन राष्ट्रिय पुरस्कारबाट पत्रकारहरुलाई सम्मानित गरिएको हो । सो अवसरमा नेपाल प्रेस युनिययनका पूर्व अध्यक्ष बद्री सिग्देल, प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगगधर पराजुली, पुर्व उपाध्यक्ष रमेश पौडेल, पत्रकार ओम प्रसाद घायल, […]

  • २ years अगाडि
आम संचार विधेयक मिडिया मैत्री – हुन्छ मुख्यमन्त्री पाण्डे
आम संचार विधेयक मिडिया मैत्री – हुन्छ मुख्यमन्त्री पाण्डे

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आम संचार विधेयक मिडिया मैत्री हुने बताउनुभएको छ । शनिबार पर्वतको कुश्मामा आयोजित नेपाल प्रेस यूनियन पर्वतको छैटौं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संचार विधेयक प्रेस स्वतन्त्रता बिरोधी नहुने बताउनुभएको हो । ‘आम संचारलाई व्यवस्थित गर्ने गरि ल्याउन लागिएको विधेयक मिडियाको पक्षमा […]

  • २ years अगाडि
पैयुँ गाउँपालिकाको बजेट करिब ४२ करोड (पुर्ण पाठ सहित)
पैयुँ गाउँपालिकाको बजेट करिब ४२ करोड (पुर्ण पाठ सहित)

  पर्वतको पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु. ४१ करोड ७२ लाख ८२ हजार ७ सय बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँसभामा उपाध्यक्ष यामकुमारी रानाले बजेट र अध्यक्ष तोरण मल्ल ठकुरीले नीति तथा कार्यक्रम […]

  • २ years अगाडि
पर्वतको बिहादीमा बजेटमा समेटिने योजनाको बारेमा सुझाव संकलन
पर्वतको बिहादीमा बजेटमा समेटिने योजनाको बारेमा सुझाव संकलन

पर्वत । आगामी आर्थिक वर्षको बजेटमा समेट्ने योजनाको बारेमा विहादी गाउँपालिकाले सुझाव संकलन गरेको छ । बजेटमा सबैका भवना, बिचार र योजना समेटेर समृद्ध विहादी बनाउने उदेश्य अनुरुप बृहत भेला आयोजना गरि सुझाव संकलन गरिएको विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाका राजनीति दल, जनप्रतिनिधी, पूर्व जनप्रतिनिधी, विभिन्न विद्यालयका शिक्षक, कृषक, संघसंस्थाका प्रमुख, […]

  • २ years अगाडि
नीति कार्यक्रमका लागि फलेवासको बृहत अन्तरकृया
नीति कार्यक्रमका लागि फलेवासको बृहत अन्तरकृया

पर्वत। आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि फलेवास नगरपालिकाले बृहत अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले प्राथमिकतामा राख्न सक्ने योजनाहरुका लागि विषयबिज्ञ, राजनीतिक दलका अगुवा, पुर्व जनप्रतिनिधि, सामाजिक तथा संघसंस्थाका अगुवा लगायतसंग सुझाव सङ्कलन गरेको हो । बिहिबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा कृषि, स्वास्थ्य, वन तथा वातावरण, बिपत […]

  • २ years अगाडि
६ शिक्षकलाई ११ विद्यार्थी
६ शिक्षकलाई ११ विद्यार्थी

पर्वतका सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएको समेत देखिएको छ । अभिभावकको अंग्रेजी मोह, बसाईसराई, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्तती लाई बजारमै पढाउने कारण गाउँका विद्यालयमा विद्यार्थी घट्दै गएको पाईएको छ । दुर्गम ठाउँमा मात्रै नभएर सुगम ठाउँमा पनि विद्यालय खाली हुन थालेको देखिन्छ । […]

  • २ years अगाडि
साहसिक पर्यटन प्रवर्द्धन वारे पर्वतमा विभिन्न सरोकारवाला बीच छलफल
साहसिक पर्यटन प्रवर्द्धन वारे पर्वतमा विभिन्न सरोकारवाला बीच छलफल

पर्वत- पछिल्लो समय साहसिक पर्यटनको गन्तव्य बनेको पर्वतको पर्यटन प्रवद्र्धनका लागि कास्कीका पत्रकारले चासो देखाएका छन् । साहसिक पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बढि भन्दा बढि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्धेश्यले उनिहरु पर्वत आईपुगेका हुन् । नेपाल पत्रकार महासंघ कास्कीले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा पर्वत सदरमुकाम कुश्मा र आसपासका […]

  • २ years अगाडि
कुश्मा नगरपालिका भित्रका विद्यालयलाई एकीकृत सूचना प्रणालीमा ल्याइने
कुश्मा नगरपालिका भित्रका विद्यालयलाई एकीकृत सूचना प्रणालीमा ल्याइने

पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका विद्यालयलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि सहजीकरण गरिएको छ । विद्यालयका बिभिन्न तथ्याङ्कहरुलाई एकीकृत रुपमा व्यवस्थापन गर्नका लागि देशैभर कार्यान्वयनमा रहेको इमिस सफ्टवेयरमा तथ्याङ्क प्रविष्ट गर्ने र तिनीहरुलाई व्यवस्थापन गर्नका लागि दुई दिने सहजीकरण गरीएको हो । जेठ २९ र ३० मा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको लागि […]

  • २ years अगाडि