• होमपेज
  • पर्वतमा ५ हजार बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइदै
गण्डकी प्रदेश

पर्वतमा ५ हजार बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइदै

पर्वत । जिल्लमा ५ हजार ७ सय वालवालिका लाई आई.पि. भी. खोप लगाईने भएको छ । पर्वतमा आई.पि. भी. खोप अभियान जेष्ठ १३ गते देखी २६ सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्वतले आज एक कार्यक्रमको आयोजना गरि जानकारी गराएको छ ।

केन्द्रिय तथ्यांकमा पर्वतमा ८ हजार ४ जना लक्षीत बालवालिकाहरुको तथ्यांक रहे पनी स्वास्थ्य कार्यालय पर्वतको तथ्यांक अनुसार ५ हजार ७ सय वालवालिका लाई आई.पि. भी. खोप लगाउन लागिएको हो ।

विज्ञापन

स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा आज कुश्मामा आयोजना गरिएको जिल्ला खोप समन्वय समिति, संचारकर्मी तथा सरोकारवालाहरको बैठकमा कार्यालयले आई.पि. भी. खोपको प्रभावकारीता, समस्या र चुनौतीको वारेमा जानकारी गराएको हो । कार्यालयका प्रमुख प्रविण शर्माले खोप अभियानको वारेमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी जिल्ला खोपसमन्वय समितिका अध्यक्ष एवंम जिल्ला समन्वय प्रमुख विष्णूराम विकले खोप अभियान सफल पार्न सवैले आआफ्नो क्षेत्रवाट सहयोग गर्न अनुरोध गर्दै पर्वतमा खोप अभियान प्रभावकारी रुपमा सञ्चालन हुनेमा आफु ढुक्क रहेको बताए ।

कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले आई.पि. भी. खोप अभियान सफल वनाउन आफुले सक्दो सहयोग गर्ने वताउदै सवै स्थानिय तँहमा अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न सवैको सहयोग र सहकार्य आवश्यक रहेको वताए ।

यस अभियानमा २०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई लक्षित गर्दै पोलियो रोग विरुद्धको आई.पि. भी. खोप लगाइने भएको हो। ०७१ बाट सुरु गरिएको खोप ०७३ मा खोपको अभाव देखाउँदै दुई वर्ष रोकिएको थियो। सो अवधिमा खोपबाट वञ्चित ती बालबालिकालाई पोलियोको जोखिम रहिरहने जनाउँदै तिनीहरुलाई नै लक्षित गरी खोप लगाउने अभियान थालिएको कार्यालयले जनाएको छ।
खोप अभियान देशै भर एकै पटक सञ्चालन हुन लागेको कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य पर्वतले खोप अभियान सञ्चालनका लागी पर्वतमा ७५ जना सुपरिवेक्षक परिचालन गरेको छ । स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्यालयका परिवार नियोजन सुपरभाइजर निरिक्षक नारायण प्रसाद रेग्मीले गरेका थिए ।parbatnews

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै