• होमपेज
  • देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो’
Breaking News

देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिको नेतृत्वमा रहेको कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत रौतहट जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले आधिकारिक कांग्रेस भएकै कारण १५औँ महाधिवेशन सम्पन्न गर्न लागिएको बताए ।

विज्ञापन

उनले नेपालमा अहिलेको अर्थतन्त्रको जग नेपाली कांग्रेसको २०४८ सालको सरकारले तयार पारेको बताए ।

डा. कोइरालाले आर्थिक तथा बहुदलीय संसदीय राजनीतिको जग गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बसाएको उल्लेख गरे ।

उनले भने, ‘२०४८ सालमा कांग्रेसको सरकारले गाउँगाउँमा बाटो, बिजुली, शिक्षा र स्वास्थ्यको आधारशिला तयार पारेको हो । त्यही सरकारले विश्वविद्यालय र एयरलाइन्सको संख्या वृद्धि गरेको हो ।’

उनले नेपाली कांग्रेसले आफूले गरेका कामको प्रचार गर्न नसकेका कारण ३५ वर्षमा केही नभएको भाष्य निर्माण भएको बताए ।

नेपाली कांग्रेसका आदर्श र सिद्धान्त राम्रो भएकाले सबै साथीलाई समेट्न सके पार्टी बलियो बन्ने उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै