पर्वत । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।
कुश्मा नगरपालिका–१२, ठुलीपोखरीस्थित देविस्थान प्राथमिक विद्यालयलाई कम्पनीको पर्वत शाखाले वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स पर्वत शाखाका प्रबन्धक गणेश पौडेल, कर्मचारी अनुसा आचार्य, एजेन्सी म्यानेजर पूजा राई र सुनिता पौडेलले संयुक्त रूपमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
विज्ञापन
वाटर डिस्पेन्सर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरी कुँवर र विद्यालयका प्रधानाध्यापक शिव कुँवरलाई हस्तान्तरण गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु