• होमपेज
  • कुश्मा नगरपालिकाले कृषकको पैसा उठाएर हालो दिएन
Breaking News

कुश्मा नगरपालिकाले कृषकको पैसा उठाएर हालो दिएन

पर्वतको कुश्मा नगरपालिकाले स्थानीय कृषकबाट रकम संकलन गरेको तीन महिना वितिसक्दा सम्म (मिनिटेलर) यान्त्रिक हलो वितरण नगरेपछि पर्वतको कुश्मा नगरपालिकाका कृषकहरु चिन्तित बनेका छन् ।

नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो उपलब्ध गराउने गरी चैत महिनामा नै ५० प्रतिशत रकम कृषकबाट संकलन गरेको थियो । कुश्मा नगरपालिकाका विभिन्न १४ वडाबाट ७ सय ५ जना कृषकले यान्त्रिक हलो उपलब्धताका लागि नगरपालिकामा निवेदन दिएपनि नगरपालिकाले विभिन्न विधामार्फत २ सय कृषकलाई छनोट गरेको थियो । छनोट पश्चात् ५० प्रतिशत बापतको २० हजार रुपैया प्रतिकृषक संकलन गरेपनि रकम लिएको तीन महिना वितिसक्दा सम्म यान्त्रिक हलो उपलब्ध गराउन सकेको छैन ।

विज्ञापन

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलका अनुसार बोलपत्र आह्वान पश्चात् छनोट भएको क्वालिटि रिन्युएवल प्रालि काठमाण्डौले समयमा गुणस्तरीय उपकरण उपलब्ध गराउन नसक्दा कृषकलाई यान्त्रिक हलो वितरण गर्न ढिलाइ भएको बताउनुभयो । नगरपालिकाले उक्त कम्पनी सँग ६२ लाख ७९ हजार लागतमा यान्त्रिक हलो उपलब्ध गराउनका लागि सम्झौता समेत गरिसकेको छ । गत जेठ २१ गते सम्झौता भएपनि अहिले असारमा मात्रै उक्त कम्पनीले परीक्षणका लागि यान्त्रिक हलो उपलब्ध गराएको र दुई पटक सम्म उपलब्ध भएका उपकरण चेक जाँचमा समस्या भएपछि पुनः ल्याउनका लागि अनुरोध गरिएको कृषि शाखाका निमित्त प्रमुख बलबहादुर जिटीले बताउनुभयो ।

जिटीका अनुसार नगरपालिकाले माग गरेको हलो कम्तीमा ७ हर्जपावर र ८० केजी तौल हुनुपर्नेमा त्यो नभएपनि परीक्षणका लागि उपलब्ध गराएको हलो फिर्ता पठाएर अर्को माग गरिएको बताउनुभयो ।
नगरपालिकामा हलोका लागि निवेदन दिएपनि रकम जम्मा गरेको तीन महिना सम्म हलो उपलब्ध नहँुदा आफुहरुले ठूलो रकम खर्च गरेर बाँझो खेतबारी जोत्नुपर्ने अवस्था आएको कुश्मा नगरपालिका वडा नं. २ का कृषक टिकाराम शर्माले बताउनुभयो । ‘नगरपालिकाबाट समयमा नै गुणस्तरीय यान्त्रिक हलो आउला र बर्षेबाली लगाउँला भन्ने थियो तर तीन महिना वितिसक्यो हलो आएन’ उहाँले भन्नुभयो ‘अहिले प्रति घण्टा १ हजार रुपैँया तिरेर जोत्नुपर्ने अवस्था आएको छ’ उहाँ जस्तै अन्य कृषकहरुको पनि समयमा हलो उपलब्ध नगराएको प्रति गुनासो व्यक्त गरेका छन् ।

सम्झौता गरेको कम्पनीले समयमा गुणस्तरीय सामग्री उपलब्ध गराउन नसक्दा कृषकहरुलाई सास्ती नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेलले बताउनुभयो । उहाँले जति सक्दो छिटो कृषकहरुलाई हलो उपलब्ध गराउने गरी लागिएको समेत बताउनुभयो । अहिले धान रोप्ने समयमा हलो उपलब्ध नहुँदा कृषकहरु ठूलो समस्यामा परेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार