• होमपेज
  • सरकारी निकाय सेवाग्राही मैत्री बनाउन पर्वतका सांसद भुसालको आग्रह
Breaking News

सरकारी निकाय सेवाग्राही मैत्री बनाउन पर्वतका सांसद भुसालको आग्रह

पर्वत, — पर्वत जिल्लाबाट प्रतिनिधि सभा सदस्य सागर भुसाल ले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया कार्यक्रम गर्दै सेवा प्रवाहलाई छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिएका छन्।

कार्यक्रममा बोल्दै सांसद भुसालले सरकारी कार्यालयहरूमा सेवा ढिलासुस्ती भएको गुनासो बढ्दै गएको उल्लेख गर्दै त्यसको तत्काल सुधार आवश्यक रहेको बताए। उनले जिल्लामा सञ्चालनमा रहेका विकास निर्माणका काममा भइरहेको ढिलाइ, स्थानीय तहमा बढ्दो अनियमितता, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने विषयमा सम्बन्धित कार्यालय प्रमुख तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको ध्यानाकर्षण गराए।

विज्ञापन

भुसालले विशेषगरी स्थानीय तहमा विकृति बढ्दै गएको भन्दै क्षमता भन्दा बढी कर्मचारी भर्ना गरिएकोप्रति पनि चासो व्यक्त गरे। उनले सीमित स्रोतसाधनका बीचमा अनावश्यक दरबन्दी विस्तारले सेवा प्रवाहमा असर परेको उल्लेख गर्दै व्यवस्थापनमा सुधार ल्याउन आग्रह गरे।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल ले उठाइएका समस्याहरू समाधान गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। अन्तर्क्रिया कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै