• होमपेज
  • पर्वतमा उम्मेदवारको मनोनयन शान्तिपूर्ण
Breaking News

पर्वतमा उम्मेदवारको मनोनयन शान्तिपूर्ण

पर्वत  / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पर्वत जिल्लामा उम्मेदवारहरूको मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

मुख्य दलतर्फ नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशी, नेकपा एमालेबाट केन्द्रीय सदस्य तथा पूर्व सांसद पदम गिरी, नेपाली कम्युनिष्ट पार्टीबाट मनहरी तिमिल्सीना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर भुसालले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै मंगोल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र उज्यालो पार्टीले पनि प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्।

विज्ञापन

मनोनयन दर्ताका क्रममा कुनै अप्रिय घटना नभएको र समग्र प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै