• होमपेज
  • गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान
गण्डकी प्रदेश

गगन-विश्व कित्तामा उभियो पर्वत कांग्रेस- विशेष महाधिवेशनमा आउन जिल्लासहित ६ पालिका सभापतिको आव्हान

काठमाडौं । नेपाली कांग्रेस पर्वत पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कित्तामा उभिएको छ ।

जिल्ला सभापति युवराज जोशी लगायत विभिन्न पालिकाका सभापतिहरूले एक विज्ञप्ति जारी गर्दै पुस २६ बाट हुने विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै गगन-विश्वको कित्तामा उभिएको प्रष्ट संकेत गरेका छन् ।

विज्ञापन

अहिले कार्यकर्ता र जनताहरूले रुपान्तरित र परिवर्तनशील कांग्रेस चाहेको उल्लेख गर्दै पुस २७ र २८ गते हुने विशेष महाधिवेशनलाई ऐतिहासिक र अर्थपूर्ण बनाउने दायित्व सबैको भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महाधिवेशनलाई सफल बनाउने दायित्व र जिम्मेवारी सबैको भएकाले पर्वत जिल्लाका सबै महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौंमा उपस्थित हुन पनि आग्रह गरिएको छ ।

विज्ञप्तिमा प्रदेशसभा क का सभापति राजकुमार क्षेत्री ख का सभापति परविन गुरुङले पनि हस्ताक्षर गरेका छन् ।

यस्तै कुश्माका किशोर भण्डारी, जलजलाका इन्दुप्रकाश शर्मा, मोदीका निर्दोष लामिछाने, विहादीका विष्णुप्रसाद भुसाल, पैयूँका डम्मरकुमार प्रदान र महाशिलाका सभापति कृष्णबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै