• होमपेज
  • कार्कीको सपथ ग्रहणमा उपस्थित भएनन् सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाल
Breaking News

कार्कीको सपथ ग्रहणमा उपस्थित भएनन् सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं : अन्तरिम सरकारको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सपथमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल अनुपस्थित भएका छन् । आज बेलुका शितल निवासमा भएको नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष उपस्थित नभएका हुन्।

सभामुख सचिवालयले सुरक्षाका कारण सहभागी नभएको जनाएको छ। सपथमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाहेक अन्य पनि सहभागी भएनन्।

विज्ञापन

यद्‍यपी आज दिउँसो विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाका सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका थिए। संयुक्त विज्ञप्ति जारी गर्दै देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका हुन्। उनीहरूले आन्दोलनरत पक्षका माग सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल गरेका थिए।

२४ गते बानेश्वरस्थित संघीय संसद् भवन, सिंहदरबारस्थित संघीय संसद् सचिवालय लगायत विभिन्न सरकारी कार्यालयहरू, सरकारी तथा निजी आवासहरू, सञ्चार गृहहरू, व्यापारिक प्रतिष्ठान एवम् सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्ताबेजहरू नष्ट हुने गरी भएको आगजनी र तोडफोडले मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ।

आज बेलुका पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री कार्कीको आजै संसद विघटन गर्ने तयारी छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै