पर्वत– पर्वत जिल्लाको पैयूँ गाउँपालिका वडा नं. ५ ले सामाजिक सुरक्षा भत्ता नविकरणलाई सहज, प्रभावकारी र सबैको पहुँचमा ल्याउने उद्देश्यले घर–घरमै पुग्ने अभियान सुरु गरेको छ ।
वडामा रहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, विधवा र अन्य लक्षित समूहका लाभग्राहीहरूले वडा कार्यालयसम्म आउनु नपरोस् भन्ने सोचसहित यो अभियान सुरु गरिएको हो ।
विज्ञापन
वडा अध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार, “हामी वृद्धवृद्धाहरूलाई लाइनमा उभिनु नपरोस् भन्ने उद्देश्यले टोलटोलमै पुगेर नविकरण सुरु गरेका छौं । सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ पहुँचयोग्य बनाउने हाम्रो जिम्मेवारी हो।”
आइतवारदेखि वडाको बानीडाँडा गुरुङ गाउँबाट अभियानको सुरुवात गरिएको उहाँले बताउनुभयो । यो अभियानको सुरुवात बानीडाँडा गुरुङ गाउँबाट गरिएको हो । वडाले घरघरमै पुगेर लाभग्राहीहरूको विवरण अद्यावधिक गर्दै नविकरणको प्रक्रिया अगाडि बढाइरहेको छ ।
वडाले जानकारी दिएको अनुसार, राष्ट्रिय परिचयपत्र नभएका लाभग्राहीहरूको भत्ता नविकरण गर्न नसकिने भएकाले परिचयपत्र नभएका आमाबुबाहरूलाई यथाशीघ्र परिचयपत्र बनाउन अनुरोध गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु