• होमपेज
  • पर्वत अस्पतालमा सुधारका ५० उपलब्धि सार्वजनिक
Breaking News

पर्वत अस्पतालमा सुधारका ५० उपलब्धि सार्वजनिक

पर्वत । पर्वत प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको तीन वर्षे कार्यकालको अन्तिम दिन आज पत्रकार सम्मेलन मार्फत अस्पतालको समग्र प्रगति विवरण सार्वजनिक गरिएको छ। सम्मेलनमा अध्यक्ष गिरीले आफ्नो नेतृत्वमा भएका ५० महत्त्वपूर्ण कार्य, सुधार र सेवा विस्तारका बुँदाहरू प्रस्तुत गर्दै आगामी नेतृत्वप्रति विश्वास व्यक्त गर्नुभयो।

“आजको यो उपलब्धि मेरो मात्र होइन, सबैको साझा सफलता हो। अस्पतालको विकासमा सबै पक्षको सक्रिय सहयोग प्राप्त भयो,” गिरीले भन्नुभयो ।

विज्ञापन

प्रमुख उपलब्धिहरू यस्ता छन्

पूर्वाधार विकास

मुख्य प्रवेशद्वार नजिक ९ सटरसहितको भवन निर्माण सम्पन्न,विद्युत महशुलको रु। १२ लाख बक्यौता भुक्तानी, बिरामी कुरुवाका लागि करुवा (कुरुवा) घरको निर्माण, अस्पताल स्तरोन्नति गर्दै ५० शैय्याको सेवा नयाँ भवनबाट सुरु

सेवा सुधार र नवप्रवर्तन

‘न्यानो घर’ कपडा आदानप्रदान सेवा ९हुनेले दिने, नहुनेले लैजाने, स्तनपान कक्ष स्थापना – आमाहरूका लागि सुरक्षित सेवा, सेवा समय बिहान ७ देखि बेलुका ७ बजेसम्म विस्तार, १० शैय्याको हेमोडायलाइसिस सेवा विस्तार – प्रतिक्षा सूची शून्य, ५ शैय्याको फिजियोथेरापी सेवा – दैनिक १५–२० जनाले सेवा लिने, विशेषज्ञसहितको डेन्टल सेवा – अब पोखरा जानु नपर्ने लगाएत ५० शिर्षकमा कामहरु पढेर सुनाउनु भएको थियो ।

गिरीले आगामी अध्यक्षले आफूले सुरु गरेका योजनाहरूलाई निरन्तरता दिँदै थप विकास र गुणस्तरीयता ल्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै