• होमपेज
  • ४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका
Breaking News

४० जना युवा युवतीलाई सिप सिकाउँदै कुश्मा नगरपालिका

पर्वत  । कुश्मा नगरपालिकाले नगरभित्रका युवा युवतीहरुलाई सिपमूलक तालिम संचालन गरेको छ ।

बैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोग र कुश्मा नगरपालिकाको समन्वयमा १८ वर्षदेखि ४० वर्ष भित्रका ४० जना युवा युवतीहरुलाई व्यूटीसियन र कुक हेल्पर तालिम आजदेखि कुश्मामा सुरु भएको हो ।

विज्ञापन

तालिमको कुश्मा नगरपालिका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै बैदेशिक रोजगारीमा जान चाहने साथै देशमै रहेर पनि केही गर्न खोज्ने युवा युवतीहरुलाई सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले युवा युवतीहरुलाई सक्षम र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका उप प्रमुख स्वस्थानी रिजालले सिप सिकेका व्यक्तिहरु हरेक ठाउँमा सक्षम बन्ने भएकाले राज्यले लगानी गरेका यस्ता तालिमहरुलाई उपयोगी हुने गरि सिकेर व्यवहारमा उतार्न सुझाव दिनुभयो ।

तालिमको बारेमा कुश्मा नगरपालिकाका रोजगार प्रमुख अमृत सुबेदीले जानकारी गराएका थिए । यस्तै सामी परियोजनाका जिल्ला संयोजक कुलचन्द्र रेग्मीले विदेशमा जाँदा सिप सिकेर जाँदा हुने फाईदाका बारेमा प्रष्ट पारेका थिए । दुबै तालिम १ महिनासम्म चल्ने बताइएको छ । वर्ड लिंक ट्रेनिङ ईन्स्टिच्युट प्रा.लि र युनाईटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि.ले तालिम संचालन गर्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार