• होमपेज
  • भोलिदेखि माओवादीको मध्यपहाडी जागरण अभियान, यस्तो छ तालिका
Breaking News

भोलिदेखि माओवादीको मध्यपहाडी जागरण अभियान, यस्तो छ तालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि (शुक्रबार) देखि मध्यपहाडी लोकमार्ग जनजागरण अभियान सुरु गर्दै छ । यसअघि तराई–मधेस जागरण अभियान सम्पन्न गरेको माओवाादीले भोलिबाट जेठभर ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ सञ्चालन गर्न लागेको हो ।

अभियानको उद्घाटन बैतडीको पाटनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताले गर्नेछन् । अभियानअन्तर्गत मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीका प्रत्येक प्रदेश समितिले १/१ स्थानमा जनसभाको आयोजना गर्ने र प्रत्येक जिल्ला समन्वय समितिले १/१ स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्नुपर्ने छ ।

विज्ञापन

कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको जनसभालाई यही अभियानकै कार्यक्रमको रुपमा समावेश गरिने र बाँकी जिल्लामा अनुकूल समयमा जनसभा आयोजना गरिने माओवादीले जनाएको छ ।

त्यस्तै लोकमार्गमा पर्ने प्रत्येक जिल्लाले जनदिशा लागू गरी १/१ दिन सबै जिल्लामा बसोबासको व्यवस्था गर्ने तय भएको छ । जसअनुसार आज (बिहीबार) बेलुका डडेल्धुरामा बास बस्ने कार्यक्रम छ । यसपछि शुक्रबार बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसंवाद हुने तय छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै