पर्वत/नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबीच झडप हुँदा गण्डकी प्रदेश सदस्य एवम् युवा संघका नेता अर्जुन पौडेल ‘निर्जन’ र भरत उपाध्याय घाइते भएका छन् । घाइते निर्जनको टाउकोमा चोट लागेको छ । उनको पोखरामा उपचार भइरहेको छ भने उपाध्याय सामान्य उपचार पछि घर फर्किएका छन् ।
सोही घटनमा एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडी पनि घाईते भएको सचिब सुवास पौडेलले बताए । चोट सामान्य भएकाले हस्पिटलबाट रिफर भई घरमा आराम गरिरहेको उनको भनाई छ । पहाडी भने युवा भेलामा अबिरजात्रा सकेर अस्पताल पुगेका थिए ।
विज्ञापन
बुधबार पार्टी कार्यालयमा आयोजित युवा संघको अधिवेशनको विषयलाई लिएर भएको विवाद झडपमा परिणत भएको थियो । एमाले स्रोतका अनुसार तिमिल्सिना पक्षले अधिवेशन केही समय सार्नुपर्ने र गिरी पक्षले आजै गर्नुपर्ने अडान लिएपछि दुई पक्षबीच झडप भएको हो । एमाले पर्वतमा राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेश तिमिल्सिना र पूर्वमन्त्री पदम गिरी पक्षबीच गुटगत प्रतिस्पर्धा छ ।
दुई गुट मध्ये युवा संघका अध्यक्ष र सचिब तिमिल्सीन पक्षका छन् । अध्यक्ष र सचिबले हाल अधिवेशन गर्न नसकिने भन्दै केही दिन पहिला पत्र सार्वजनिक गरेका थिए । तर, गिरी पक्षले भने २४ गते नै अधिवेशन गर्ने भन्दै युवा भेला आयोजना गरेका थिए ।
अधिवेशनका लागि प्रतिनिधी छनोट लगायत तयारी नगरी बिस्तारित बैठक भन्दै उपाध्यक्ष आशिष श्रेष्ठ र उपसचिब ध्रुव श्रेष्ठको नेतृत्वमा कार्यक्रम शुरु गरेपछि युवा संघ अध्यक्ष बिनोद थापा र सचिब प्रकाश थकाली लगायतका युवाहरु अधिवेशन रोक्न पार्टी कार्यालय गएको बेला झडप भएको युवा संघका सचिब प्रकाश थकालीले बताए ।
घटना पछि अधिवेश स्थगित गरि आयोजक कमिटि गठन गरेर गिरी पक्ष बाहिरिएको थियो भने अध्यक्ष सचिब लगायतको समूहले नारावजी सहित कोण सभा गरि अर्को मितिमा अधिवेशन गर्ने गरि तयारी अवस्थामा रहन निर्देशन दिएको थियो ।
घटना पछि नेकपा एमाले गण्डकी प्रदेश कमिटिले प्रेस विज्ञप्ती सार्वजनिक गरि ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तीमा पार्टी अध्यक्ष गोबिन्द पहाडीले बिधीसम्मत शान्तिपूर्ण ढंगले हल गर्नुपर्नेमा झडपको अवस्था सिर्जना गर्नु दुखद भएको बताएको छ । पार्टी अध्यक्ष नवराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा अराजक गतिबिधीलाई प्रोत्साहन नगर्न, विधिसम्मत विवाद समाधान गर्न र। घाईते अर्जुन पौडेलको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यस्तै नेकपा एमाले पर्वतले जारी गरेको विज्ञप्तीमा राष्ट्रिय युवा संघ पर्वतको नवौं अधिवेशन तयारीका सन्दर्भमा एमाले पार्टी कार्यालयमा बिस्तारित भेलामा अर्जुन पौडेलको नेतृत्वमा आएको समूहले नेकपा एमाले पर्वतका अध्यक्ष गोबिन्द पहाडी माथि सांघातिक आक्रमण गरेको भन्दै खेद व्यक्त गरेको छ । विज्ञप्तीमा युवा संघको अधिवेशनको मिति सकिँदा समेत नेतृत्वले अधिवेशन नगरेको भन्दै बैशाख २४ गते तोकिएको र छलफलबाट आयोजक कमिटि गठन गर्ने गरि भेला गरिएको अवस्थमा भएको घटनाको ध्यानाकर्षण भएको बताएको छ ।
यसै सन्दर्भमा यृुवा संघ पर्वतका अध्यक्ष बिनोद थापा र सचिब प्रकाश थकालीद्वारा जारी विज्ञप्तीमा युवा संघ जिल्ला कमिटिको परामर्श बिना पार्टीले हस्तक्षेप गरि जवजको मूल्य र मान्यता विपरित मुठभेड निम्त्याउने कार्य गरेको प्रति आपत्ती जनाएको छ । पार्टी कार्यालय जस्तो सुरक्षित स्थानमा आफ्नै नेता कार्यकर्ता असुरक्षित भएको भन्दै आक्रमण गर्ने व्यक्तिलाई सशक्त कारवाहीको माग गरेको छ ।
प्रदेश कमिटि सदस्य अर्जुन पौडेल निर्जन लगायतका नेताहरु माथि सांघातिक आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै ३ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत परेको छ । जाहेरी आएको भएपनि प्रक्रिया अगाडी नबढेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ‘पार्टीगत कुरा भएकाले छलफलमा टुंगाउनुहोला नभए हामी प्रक्रियामा लैजान्छौं’ प्रहरी नायव उपरिक्षक रबिन बिष्टले भने ।
फेसबुक प्रतिक्रियाहरु