• होमपेज
  • पर्वत एमाले निकट युवा संघ पर्वतमा विवाद, समानान्तर कमिटि बनाउने तयारी
Breaking News

पर्वत एमाले निकट युवा संघ पर्वतमा विवाद, समानान्तर कमिटि बनाउने तयारी

पर्वत । नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालमा विवाद भएको छ । संघको ९औं जिल्ला अधिवेशनको विषयमा पर्वतका दुई नेताहरु गणेश तिमिल्सीना पक्ष र पदम गिरी पक्षका बीचमा एकरुपता हुन नसक्दा विवाद भएको हो ।

पार्टी अध्यक्ष गोबिन्द पहाडीको नेतृत्वमा शनिबार बसेको बैठकमा हालका अध्यक्ष बिनोद थापा र सचिब प्रकाश थकालीले बैशाख महिनामा अधिवेशन गर्न नसकिने भएकाले जेठमा सार्न आग्रह गर्दा पहाडीको नेतृत्वमा रहेका केही युवाहरुले जबरजस्त बैशाख २४ गतेलाई मिति तय गरेको प्रति आपत्ती जनाउँदै अध्यक्ष र सचिबले सूचना सार्वजनिक गरेका छन् ।

विज्ञापन

अध्यक्ष थापा र सचिब थकालीले जेठ ९ देखि ११ गतेसम्म प्रदेश अधिवेशनका लागि प्रतिनिधी छनोट गर्ने लगायतका कामहरु नसकिएकाले केही समय सार्नुपर्ने जिकिर गर्दै आएका छन् । उता गिरी पक्षका युवाहरुले भने २४ गतेको दिन नै अधिवेशन गर्ने गरि व्यानर समेत सार्वजनिक गरि सकेका छन् ।

पार्टी नेतृत्वले मिलाएर लैजानुपर्नेमा जबरजस्त कोठामा थुनेर बैठक बसेपछि हालका अध्यक्ष सचिबले माईन्यूट लिएर निस्केका थिए । संघको हालको समितिले विभिन्न समयमा गरेका कार्यक्रमको खर्च भुक्तानी लगायत अन्य तयारी समेत गर्न नसकिरहेको अवस्थामा अधिवेशन गर्दा समस्या हुने भएकाले सार्न आग्रह गर्दा नेतृत्वले पेलेर लैजान खोजेको उनीहरुको आरोप छ ।

अध्यक्ष र सचिबले आगामी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा पार्टीले जबरजस्त २४ गते अधिवेशन गरे त्यसको प्रतिवाद गर्ने बताएका छन् । यदि नेतृत्वले पेलेर अधिवेशन गरे समानान्तर कमिटि घोषणा गरेर जाने समेत चेतावनी दिएको उनीहरुको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै