बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम संग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ ।
एकै ठाउँमा संग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ ।
विज्ञापन
पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम संग्रहालयमा आउने गरेको संग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक संग्रहालयमा आएका छन् ।
गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा एक लाख ५० हजार पर्यटक संग्रहालयमा आएको ऋषि प्रपन्नचार्य बताउँछन् । शालिग्राम संग्रहालय चार वर्षदेखि सर्वसाधारणलाई खुला गरिएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक संग्रहालयमा आउने गरेको उनको भनाइ छ । drishtinews बाट साभार
फेसबुक प्रतिक्रियाहरु