• होमपेज
  • योगेश भट्टराईलाई प्रहरीले शौचालयमा थुनेपछि…..
Breaking News

योगेश भट्टराईलाई प्रहरीले शौचालयमा थुनेपछि…..

काठमाडौं । ताप्लेजुङमा प्रहरीले शौचालयमा थुनेर एमाले सचिव योगेश भट्टराईलाई सुरक्षा दिएको छ ।

हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका भट्टराईलाई ‘नो केबलकार समूह’ र ‘पहिचानवादी समूह’ले नाराबाजी गर्दै घेरा हालेपछि प्रहरीले शौचालयमा थुनेर सुरक्षा दिएको हो ।

विज्ञापन

कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा उनी शौचालय गएका थिए । भट्टराई भित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर नाराबाजी गरेलगत्तै परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा दिन उनी शौचालय भित्रै रहँदा बाहिरबाट चुकुल लगाइदिएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले सुरक्षा दिनका लागि भट्टराई शौचालय भित्रै रहँदा केही बेर चुकुल लगाइएको बताए । उनले भने, ‘माननीयज्यू शौचालय जाने बेलामा नाराबाजी भयो। हामीले सुरक्षा दिएका हौं। अरू केही होइन ।’

केहीबेरमा प्रहरीले परिस्थिति सामान्य बनाएपछि चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरसम्म पु¥याएर सुरक्षित काठमाडौं पठाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार