• होमपेज
  • एमाले मोदी गाउँपालिकाको निर्वाचनमा गिरी समुहको `क्लिन स्विप´
Breaking News

एमाले मोदी गाउँपालिकाको निर्वाचनमा गिरी समुहको `क्लिन स्विप´

पर्वत । नेकपा (एमाले) मोदी गाउँ कमिटिको दोस्रो अधिवेशनमा पदम गिरी समूहले गणेश तिमिल्सिना समुहको प्यानल माथि क्लिन स्विप गरेको छ । मंगलबार भएको निर्वाचनमा गिरि समुहका हिमलाल पौडेल अध्यक्ष पदमा फराकिलो मतान्तर सहित विजयी भएका छन् । अधिवेशनमा भएको मतदानमा पौडेल नेतृत्वको प्यानल नै विजयी भएको हो । अध्यक्ष पदका अर्का प्रतिद्धन्द्धी लोकेन्द्रजंग लामिछानेले ५५ मत प्राप्त गर्दा अध्यक्ष पदमा विजयी भएका पौडेलले १ सय २५ मत प्राप्त गरेका थिए ।

पौडेलले फराकिलो मतान्तरले लामिछानेलाई पराजीत गर्दा पौडेल प्यानलकै उपाध्यक्ष सीता कुमारी शर्माले १०३ मत प्राप्त गरिन भने उपाध्यक्ष पदका अर्का उमेदवार विकास तिमिल्सीनाले ७६ मत प्राप्त गरेका थिए । सचिव पदमा पौडेल प्यानलकै राजेन्द्र खडकाले १२१ मत प्राप्त गर्दा बसन्त कुमार गुरुङले पनि ५५ मत प्राप्त गरेका थिए ।
उप सचिव पदमा पनि पौडेल प्यानलकै समितर मल्लले १०८ र संगीता मल्लले १११ मत प्राप्त गरी विजयी भएका छन् । पराजीत उप सचिव पदका उमेदवारहरु मध्ये तारापती तिमिल्सीनाले ६० र पार्वती क्षेत्रीले ६८ मत प्राप्त गरेका छन् ।

विज्ञापन

अधिवेशनको उद्घाटन एमाले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री पदम गिरीले गरेका थिए । अधिवेशनबाट सदस्य पदहरुमा भने सर्वसहमत भएको गाउँ कमिटिले जनाएको छ । सदस्य बाहेक पदाधिकारीहरुमा अधिवेशनमा मतदान भएको हो ।

निर्वाचनमा होमिएका अध्यक्ष पदका उमेदवार पौडेल नेतृत्वको प्यानललाई जिल्ला कमिटि उपाध्यक्ष बिमल लामिछानेको समर्थन थियो भने पराजीत अध्यक्ष पदका उमेदवार लामिछाने सहितको प्यानललाई एमाले पूर्व पोलिब्युरो सदस्य तथा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सीना सहितका नेताहरुको समर्थन रहेको थियो ।
एमालेले कुश्मा नगर अधिवेशन सर्वसहमत टुगाए पनि फलेवास नगरपालिका र मोदी गाउँपालिकामा भने मतदान मार्फत पदाधिकारीहरुको चयन गरेको छ ।

जिल्ला अधिवेशन मतदान मार्फत सम्पन्न गरेको एमाले पर्वतले जिल्लाका ७ वटै स्थानीय तहहरुमा अधिवेशन जारी राखेको हो । महाशिला गाउँपालिका, पैयू गाउँपालिका र विहादी गाउँपालिकामा अधिवेशनको मिति तोक्न बाँकी रहेको जिल्ला कमिटि सचिव सुवासचन्द्र पौडेलले जानकारी दिए । जलजला गाउँपालिकाको अधिवेशन भने आगामी मंसीर १८ र १९ गते गर्ने तयारी गरेको छ ।

गाउँ अधिवेशन र नगर अधिवेशन सम्पन्न भएका ठाउँहरुमा वडा अधिवेशनको तयारीमा लाग्ने गरी एमालेले कार्य योजना निर्माण गरेको जिल्ला अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै