• होमपेज
  • पोखराको जौबारीमा नवनिर्मित गणेश मन्दिरको समुद्घाटन
Breaking News

पोखराको जौबारीमा नवनिर्मित गणेश मन्दिरको समुद्घाटन

पोखरा । पोखरा महानगरपालिका १ जौबारीमा नवनिर्मित गणेश मन्दिरको एक कार्यक्रमका बीच उद्घाटन सम्पन्न भएको छ । नेपाल मालिका परोपकार संघ कास्कीको प्रयासमा उक्त मन्दिर र हवन कुण्ड निर्माण गरोएको हो ।

मन्दिरको मिलन डिजि इन्टरनेशनल प्रा.लि.का अध्यक्ष तथा मिलन फाउन्डेसन नेपालका अध्यक्ष वरिष्ठ समाजसेवी दुर्गा मिलन घोतानेले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै गुरुङले धर्म संकृतीको संरक्षण साथै सामाजिक क्षेत्रमा मिलन फाउन्डेसनले गरेको सहयोगले समाजमा सकारात्मक परिवर्तन भएको बताउनुभयो । कार्यक्रममा बोल्दै मिलन फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष देबी गुरुङले मिलन फाउन्डेसनले शिक्षा,स्वास्थ्य, खेलकुद र संस्कृतिको क्षेत्रमा उल्लेख योगदान गरेको बताउनुभयो ।

विज्ञापन

मन्दिर र हवन कुण्ड निर्माणका लागि मिलन फाउन्डेसनका संस्थापक अध्यक्ष दुर्गा गुरुङले रु. १ लाख सहयोग गर्नु भएको थियो । साथै मन्दिर निर्माणमा लागि विभिन्न दाताहरुले सहयोग गर्नुभएको मन्दिरका कोषाध्यक्ष सबिना गर्बुजाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर निर्माणमा ९ लाख  ३८ हजार खर्च भएको थियो । दाताबाट ९ लाख ३९ हजार संकलन भई सोही रकमबाट मन्दिर निर्माण भएको उहाँको भनाइ छ ।

कार्यक्रममा मन्दिरका अध्यक्ष नर बहादुर गुरुङ ज्यङ्गोले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले धर्म संस्कृति बचाउन र आस्थाको संरक्षण गर्न मन्दिर निर्माण गरि सबै समुदायलाई एकतावद्द गराउन सकिएको बताउनुभयो । उहाँले मिलन फाउन्डेसनले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सल्लाहकार रुद्र तिमिल्सिनाले मन्दिर निर्माणले धार्मिक आस्था जोगाउन समेत महत्त्वपूर्ण योगदान दिने बताउनुभयो ।

सो अवसरमा मन्दिर निर्माणमा सहयोग पुर्याउने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा मिलन फाउन्डेसन नेपालका कोषाध्यक्ष जीवन मल्ल, सदस्य तथा प्रचार संयोजक मनिलाल गुरुङ लगायतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा नर बहादुर गुरुङको अध्यक्षता, नरमाया गुरुङको स्वागत र टेकबहादुर पुनको संचालन रहेको थियो । मन्दिरको मंगलबार वैदिक बिधिद्वारा प्राण प्रतिष्ठा गरि आजदेखी सर्वसाधारणका लागि खुला गरिएको थियो ।


फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै