• होमपेज
  • पर्वतको कार्किनेटामा पहिरोले घरगोठ पुरिँदा दुई युवा वेपत्ता
Breaking News

पर्वतको कार्किनेटामा पहिरोले घरगोठ पुरिँदा दुई युवा वेपत्ता

पर्वत, २२ असार । बस्ती भन्दा माथिको पाखाबाट आएको पहिरोले घरगोठ पुरिँदा पर्वतको फलेवास नगरपालिका(१ कार्कीनेटामा दुई जना युवा बेपत्ता भएका छन् ।

स्थानीय अम्फिडाँडाका कुलप्रसाद पाध्याको घर पुँरिदा उहाँका छोरा ४० बर्षिय झलक शर्मा र स्याङ्जाको आँधिखोला गाउँपालिका(३ का ३२ वर्षिय तुलसीराम पौडेल वेपत्ता हुनुभएको हो । युवाहरु पहिरोमा परि बेपत्ता भएपछि स्थानीय र सुरक्षाकर्मीले उद्धारको प्रयास गरेको भए पनि वर्षा नरोकिएका कारण उद्धारमा कठिनाई भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

विज्ञापन

उक्त स्थानमा थप पहिरो आउन सक्ने जोखिम देखिएको र उद्धारकै क्रममा थप पहिरो झरेमा थप मानवीय क्षति हुने अवस्था रहेकोले तत्कालका लागि उद्धारकर्ताहरूको सुरक्षालाई ध्यानमा राखिएको कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याले जानकारी दिनुभयो ।

पहिरोमा परेर पाध्याको गोठमा पालिएका दुई वटा भैँसी, एउटा गोरु र चार वटा बाख्रा पनि पुरिएका छन् । शुक्रवारदेखि अविरल रूपमा भइरहेको वर्षाले झलकको घर नजिकै रहेको गोठमाथिको पाखो गलेको जस्तो देखिएको थियो । गोठमा पहिरो आउन सक्ने सम्भावना देखेर गोठमा रहेका चौपाया निकाल्न गएकै बेलामा पहिरो आएको पनि वडाध्यक्ष पाध्याले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरिक्षक भुवन बरामको नेतृत्वमा १२ जनाको टोली घटनास्थलतर्फ जाँदै छ । टोली पुगेपछि थप विवरण आउने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै