• होमपेज
  • कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाम लगिँदै
Breaking News

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाम लगिँदै

काठमाडौं– किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरधाम ल्याइँदै छ । उनलाई स्थलमार्ग (बिपि राजमार्ग) बाट धुलिखेल, सिन्धुलि हुँदै जनकपुरधाम ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ । उनी अहिले बाटोमै छन् । उनी पक्राउ परेपनि आफ्नै गाडीमा जनकपुरधाम आउँदै छन् ।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । जाहेरी परेपछि आज मंगलबार नै जिल्ला अदालत धनुषाले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

विज्ञापन

सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुरको केन्द्रीय कार्यालय पुगेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै