मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन् ।
नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राखे । संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको धारणा थियो ।
विज्ञापन
“राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ”, उनले भने । नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताउनुभयो । सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उनले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राखे ।
फेसबुक प्रतिक्रियाहरु