काठमाडौं, ५ साउन । संयुक्त अरब इमिरेट्स (यूएई) को मंगल ग्रहका लागि ऐतिहासिक अन्तरिक्ष अभियानको सुरुवात भइसकेको छ । यो अभियानका लागि उपग्रहलाई जापानबाट छोडिएको छ ।
होप नामक यो उपग्रहलाई तनेगाशिया अन्तरिक्ष केन्द्रबाट एच टु–ए नामक रकेटमार्फत् पठाइएको हो र अब यो ५० करोड किलोमिटरको दुरी तय गरेर मंगलग्रहको मौसम र जलवायुको अध्ययन गर्नेछ । खराब मौसका कारण यो अभियानलाई दुई पटक रोक्नुपरेको थियो ।
विज्ञापन
मंगल ग्रहमा किन जाँदैछ यूएई ?
अन्तरिक्ष यानको उत्पादन र डिजाइनिङको अनुभव संयुक्त अरब इमिरेट्ससँग निकै कम अनुभव छ । तर यति हुँदाहुँदै पनि यूएई त्यो कोसिस गर्ने कोसिस गर्दैछ जुन अहिलेसम्म अमेरिका, रुस, युरोपले मात्रै गर्न सफल भएको छ ।
तर यसले संयुक्त अरब इमिरेट्सको महत्वाकांक्षा बयान गर्छ र उनीहरु यो चुनौतीका लागि तयार भएको बताउँछन् । अमेरिकी विशेषज्ञको निगरानीमा यूएईका इन्जिनियरले ६ वर्षको मिहिनेतपछि एक परिष्कृत उपग्रह तयार गरेका छन् ।
र जब यो मंगलमा पुग्नेछ तब यसले विज्ञानलाई नयाँ सूचना र मंगलको वातावरणबारे ताजा जानकारी सार्वजनिक हुने आशा गरिएको छ । विशेषगरी वैज्ञानिकलाई लाग्छ कि यो ‘होप’ मिशनले मंगलमा हावा ।
पानी देखिनँ किन बन्द भयो भनेर सायद पत्ता लगाउन मद्दत गर्नेछ ।
‘होप’ मिशनलाई अरब जगतमा प्रेरणाको एउटा ठूलो स्रोतको रुपमा हेरिएको छ । यसले संयुक्त अरब इमिरेट्सका युवावर्ग र अरब दुनियाँका बच्चाहरुलाई विज्ञानप्रति रुझान बढाउने आशा गरिएको छ ।
यूएईको सरकार देशको अर्थव्यवस्थाको निर्भरता तेल र ग्यासबाट हटाएर भविष्यमा ज्ञानमा आधारित अर्थ व्यवस्थातर्फ लैजान चाहन्छ । तर सधैंझैं जब कुरा मंगल ग्रहको आउँछ तब यसको जोखि पनि अत्यधिक हुन्छ । रातो ग्रहमा पठाइएको अहिलेसम्मको सबै अभियानमध्ये आधा असफल रहेका छन् ।
होप मिशनको प्रोजेक्ट निर्देशक ओमरान शराफलाई यो खतराबारे थाहा छ तर उनले आफ्नो देश सही दिशामा अघि बढ्ने कोसिस गरिरहेको कुरामा जोड दिएका छन् । उनले भने, ‘यो एक अनुसन्धान र डेभलपमेन्ट मिसन हो, यसमा असफलता पनि पाइन्छ ।
यद्यपि, एक राष्ट्रको रुपमा सफलता हात पार्न असफल हुनु कुनै विकल्प हुँदैन । यूएई यो मिशनमार्फत् जो क्षमता हासिल गर्ने वाला छ र यो देशमा जुन ज्ञान आउनेछ, यही कुरा सबैभन्दा धेरै महत्वपूर्ण राख्छ ।’ स्रोत : बीबीसी
फेसबुक प्रतिक्रियाहरु