काठमाडौं– नेकपामा विवाद बढेपछि बरिष्ठ नेता माधवकुमार नेपाल निवासमा सुरक्षा बढाइएको छ। आइतबार बिहानदेखि नेपाल निवास कोटेश्वर आसपास सुरक्षाकर्मीको संख्या बृद्धि गरिएको हो।
नेपालको सचिवालय स्रोतका अनुसार उनको निवास वरपर यसअघि खटाइएको प्रहरी संख्यामा अहिले उल्लेख्य रुपमा थप गरिएको छ।
विज्ञापन
प्रहरी स्रोतले भने नेकपाका सबै शीर्ष नेताहरुको निवास आसपास सुरक्षाकर्मी थप गरिएको जनाएको छ।
नेकपा विभाजन हुनसक्ने अड्कलवाजी भइरहेका बेला त्यस्तो घट्नाक्रम भएमा कार्यकर्ताबीच तनावपूर्ण स्थिति आउनसक्ने भनी सुरक्षाकर्मीको संख्या बढाइएको हो।
पार्टी विभाजन हुने खतराबीच नेकपाका कार्यकर्ता एक अर्काविरुद्ध नाराबाजीमा उत्रनसक्ने भएकोले सुरक्षा निकायले थप सजगता अपनाएको जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु