• होमपेज
  • पर्वतमा ट्याक्टर दुर्घटनमा परि २ को मृत्यू
Breaking News

पर्वतमा ट्याक्टर दुर्घटनमा परि २ को मृत्यू

पर्वत/ पर्वतको कुश्मा नगरपालिका ९ एकोहोरे पाखामा भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । शनिबार दिउसो दोबिल्ला देखि फलेवास तर्फ जाँदै गरेको ध १ त ७२७३ नम्मरको ट्याक्टर दुर्घटना हुँदा चालक कुश्मा नगरपालिका ७ का २७ बर्षिय सुजन परियार र ट्याक्टरमा सबार कुश्मा नगरपालिका ९ का १४ बर्षिय शिशिर लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन पटेलले जानकारी दिनुभयो ।

दुबै जनाको पर्वत जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको बताइएको छ । सोही दुर्घटना परि स्याङजा जिल्ला अर्जुन ५ घर भई हाल पोखरा बिरौटा बस्ने वर्ष २२ का उदय सापकोटा घाईते भएको पटेलले जानकारी दिनुभयो ।घाईते सापकोटाको उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटना के कति कारणबाट भयो भन्ने सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार