• होमपेज
  • काठमाडौंको कलंकीमा स्वःस्फूर्त सडकमा उत्रिए नागरिक
Breaking News

काठमाडौंको कलंकीमा स्वःस्फूर्त सडकमा उत्रिए नागरिक

काठमाडौँ, २४ भदौ : काठमाडौंको कलंकीमा आज (मंगलबार) बिहानै टायर बालेर प्रदर्शन सुरु गरिएको छ । सोमबारको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमनबाट १९ जना जेनजी प्रदर्शनकारीको मृत्यु र ४०० भन्दा बढी घाइते भएपछि राजधानी काठमाडौं आज बिहानैदेखि प्रदर्शन सुरु भएको हाे ।

स्थानीयहरु घर-घरबाट निस्केर टायर बालेर सरकारविरोधी प्रदर्शन सुरु गरेका छन् । प्रदर्शनकारीहरू सरकारविरुद्ध आक्रोशित मुद्रामा सडकमा उत्रिएका छन् ।

विज्ञापन

सोमबार, सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, कुशासन, र नेता तथा उनीहरूका सन्तानको विलासी जीवनशैलीमाथि प्रश्न उठाउँदै जेनजीले सशक्त प्रदर्शनको थालनी गरेका थिए । यसलाई युवाहरूले देशको वर्तमान अवस्था विरुद्धको ‘जनआक्रोश’ को संज्ञा दिएका छन् ।

प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १९ पुगेको र ४०० भन्दा बढी घाइते भएका छन् । यस घटनाले युवाहरूमा थप रोष पैदा गरेको छ । मंगलबार बिहानैदेखि स्थानीयहरू घरघरबाट निस्कन थालेपछि कलंकी क्षेत्र तनावग्रस्त बनेको छ । सुरक्षाकर्मीहरूले थप प्रदर्शन रोक्नका लागि देशभर सुरक्षा व्यवस्था कडा पारेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै